२० बैशाख, २०८१ बिहिबार

09:06:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भ्यालेन्टाइन्स डे, यसरी भएको थियो सुरुवात, भारतबाट मात्रै १ करोड बढिको गुलाव आयत

Nepal Business

२ फागुन, २०७८

 भ्यालेन्टाइन्स डे, यसरी भएको थियो सुरुवात, भारतबाट मात्रै १ करोड बढिको गुलाव आयत

तिम्रो चंचलता, दुइ चुल्ठी कपाल, बाटुलो निदार, मिलेको जिउडाल, हँसिलो मुहार, साँच्चिकै महित बनायौ, तिम्रो कल्पनाले निदाउन दिँदैन । निकै राम्री छौ। तिम्रो समिपमा मलाई पनि भिझ्न देउ न, म तिमिसंगै हराउन चाहन्छु, तिमिलाइ साँच्चै मन पराउँछु प्रीय बन्दना ह्याप्पी भ्यालेन्टाइन डे ।

म तिमिलाई निकै प्रेम गर्छु, उस्ले भन्यो। 
मलाई खित्का छोडेर हांस्न मन लागेको थियो। हातले मुख छोपेर हाँसे ।
मेरो कुरामा किन मजाग गर्छ्यौ। उस्ले भन्यो। 
भनेँ, मजाग त तिमिले गर्दैछौ । 
म सांच्चै भन्दैछु । तिमी बिना के पागल हुन्छु कि मर्छु ।
पागल भैसकेका रहेछौ, मर्न सजिलो छैन होला।

ओ हो, साहित्य शाब्दिक तरिकाले यती सुन्दर शब्द लेख्ने को होला, मलाई जान्न उत्सुकता लाग्यो । यो पत्र मलाई थमाइदिने साथी सुजतालाई सोधेँ । ओइ केटि यो कस्ले दिएको भनन् । भनी, उस्ले नाम नभन्नु भनेको छ । कस्तो अटेरि रहेछ केही नभन्ने । उ हाम्रै कक्षामा पढ्ने केटा हो उसले यती मात्र भनी । मलाई मन पराउनेहरुको लर्को कमि त थिएन तर यति राम्रो शब्दहरु कोर्ने को होला ? 
तीन दिन पछि, सुत्नेबेलामा यौटा म्यासेज आयो मोबाइलमा, हाइ बन्दना आरम छौ, खै त पत्रको जबाफ ? 
तिमी को हौ, मेरो नम्बर कसरी थाह पायौ? मैले सोधेँ ।
मन परेको फुल भिरकै भएपनि टिप्ने प्रयास गरिन्छ । आफुले माया गरेको मान्छेको नम्बर मात्र किन सबै थाह हुन्छ उस्ले भन्यो । लौ तनि मलाई केही जान्नुछैन म सुतेँ घुर्काएर म्यासेज ठेँले । फेरि म्यासेज आयो, नरिसाउन म समीर हुँ ।
समीर तिमल्सिना, कक्षामा दोस्रो स्थानमा पास हुने केटा । तर अलि चुलबुले, चकचके । म सधै प्रथम हुने केटि, स्कुल भर्ना भएदेखि दोस्रो या तेस्रो हुनुपरेन । मलाइ जित्न समिरले पनि हिम्मत जुटाउँदैन थ्यो, किन कि उस्लाई पनि थाह थियो बन्दनालाई दोस्रो मन पर्दैन भनेर । मेरो पढाइ देखेर सबै चकित पर्थे, कुनै पनि पाठ दोहोराएर पढ्न पर्दैनथ्यो । 
बन्दना, साँच्चै रिसायौ र सोरि ल । भोलि एक्लै भेटौं । उसको म्यासेज  फेरि आयो । म चकित भएँ कहिले पनि मसंग उ बोलेको छैन । म त झन बोल्ने कुरानै थिएन । पत्र लेख्ने हिम्मत गरेछ। म चुपचाप सुतेँ कुनै रिप्लाई गरिन ।
अर्को दिन दिउँसोको खाजा खाने छुट्टि भयो सबै बिद्यार्थी बाहिर निस्किए म निस्किन, समिर पनि निस्किएनछ। हामी दुइजना मात्र कक्षाकोठामा थियौँ । उ केही बोलेन म पनि केही बोलिन। निकैबेरको मौनता भङ्ग भयो। म आफै बोले । पत्र लेख्नमा निकै सिपालु रहेछौ । आजभोलि कथा कविता पढ्न थाल्यौ कि क्या हो । 
केही कुरा समयले सिकाउँदो रहेछ बन्दना उस्ले भन्यो । बोल्नमा पनि सिपालु रहेछौ । के कुरा हो भन ?
म तिमिलाई निकै प्रेम गर्छु, उस्ले भन्यो। 
मलाई खित्का छोडेर हांस्न मन लागेको थियो। हातले मुख छोपेर हाँसे ।
मेरो कुरामा किन मजाग गर्छ्यौ। उस्ले भन्यो। 
भनेँ, मजाग त तिमिले गर्दैछौ । 
म सांच्चै भन्दैछु । तिमी बिना के पागल हुन्छु कि मर्छु ।
पागल भैसकेका रहेछौ, मर्न सजिलो छैन होला।
दुई बजेको घण्टी बज्यो सबै विद्यार्थीहरु भित्र आए।

उसको कुराले मलाई विश्वास दिलाउँदै गयो । नजानिदो पाराले म पनि प्रेममा फसेँ । हामी एक भयौं । स्कुलका केही साथिहरुले थाह पाएर कुरा काट्ने बाटो पाए । हामी कुनै वास्त गरेनौँ । 
बर्ष दिन बित्न थालेछ ।

हाम्रो कुरा पूरा हुन पाएन । उसंगको संबादले भने मेरो दिमागमा हलचल मच्चाइसकेको थियो । 
चारबजेको छुट्टि पछि बाटोमा रोकियौँ हामी । उ गम्भीर देखिन्थ्यो ।
मेरो कुरालाई कसरी लियौ, उस्ले भन्यो। 
सामान्य, मैले भन्दिएं
म साँच्चिकै माया गर्छु ।
कहिले देखि ?
जुनदिन तिमी यो स्कुलमा पढ्न थालेकी थियौ।
म कक्षा ६ देखि यो स्कुलमा पढ्न सुरु गरेकी तीन बर्ष देखि मलाई पछ्याउँदै छौ। मैले भने।
हो जुन दिन दिन तिमिलाई पहिलोपटक देखेँ त्येसै दिनदेखिनै मन पराउन थालेँ । उस्ले भन्यो ।
माया गर्छौ भन्ने के प्रमाण छ ?
भन, के गरौं त्येसको लागि ?
तिमी धनी छौ, म गरिब हाम्रो हैसियत मिल्दैन। मैले भने ।
पुर्खौली सम्पत्तिमा अन्तर देखेर हुँदैन। अहिले हामी समान हैसियतमा छौँ । अझ म भन्दा धनी त तिमी पो छौ सधै प्रथम हुन्छौ । उस्ले भन्यो ।
हाम्रो जात मिल्दैन, तिमी बाहुन, म क्षेत्रीको छोरी । स्विकार्य हुँदैन परिवारमा ।
त्यो जिम्म म लिन्छु । मानव जाती यौटै हो । जात पनि पुर्खाकै हो हामी हाम्रै जात बनाउँला । मात्र तिमिले साथ देउ ।
पछि कतै छोडेर जान्छौ कि? मेरो शंका व्यक्त गरेँ ।
त्यो दिन मलाई मारिदिनु , 
तिमिलाई किन मार्नु म आफै मरेतुल्य हुन्छु ।
हेर यो पढ्ने समय हो । समय खेर फाल्नु हुंदैन । तिमि पनि राम्रो विद्यार्थी हौ । किन बिग्रन चाहन्छौ । राम्रोसँग पढ आफ्नो लक्ष्य पूरा गर । मैले भने ।
प्रेमले बिगार्दैन, पढाइलाई झन शसक्त गराउँछ । हामी एकअर्को भै मिलेर पढाइ अगाडि बढाउंला । 
उसको कुराले मलाई विश्वास दिलाउँदै गयो । नजानिदो पाराले म पनि प्रेममा फसेँ । हामी एक भयौं । स्कुलका केही साथिहरुले थाह पाएर कुरा काट्ने बाटो पाए । हामी कुनै वास्त गरेनौँ । 
बर्ष दिन बित्न थालेछ । एकदिन समिरले भन्यो । मलाई पनि प्रथम हुने रहर छ बन्दना। मुस्कुराउँदै भने, त्येसको लागि कस्सिएर पढ्न पर्यो तिम्रो इच्छा पूरा हुने छ म आसावादी छु ।
कक्षा नौ को बार्षिक परिक्षा पनि सकियो । नभन्दै समीर प्रथम नै भयो । स्कुल र गाउँभरी उसको चर्चा चल्यो । छोरो प्रथम भएको खुसियालिमा समिरको बुवाले लाखौं रकम स्कुललाई सहयोग गर्ने घोषणा गर्नुभयो । सधै म प्रथम हुने कुरा उहाँलाइ पनि थाहा थियो । कार्यक्रममा बोल्दै घुमाउरो पाराले म प्रती व्याङग्य गरेको अझै याद आउँछ । कक्षा दसको पहिलो दिन पहिलो पिरेडमै सरले मलाई उठाएर सोध्नुभयो, बन्दना तँ गणितमा राम्रो विद्यार्थी होस सधै ९८, ९९ ल्याउँथिस अहिले बल्लतल्ल ३५ कटाएकी छस किन बिग्रीस । राम्रो विद्यार्थी बिग्रंदा शिक्षकलाई चिन्ता हुनु स्वभाविक हो । मलाइ चिन्ता थिएन । म मुस्कुराएँ । मनमनै सोंचे कुनैबेला सफलता भन्दा असफलतामा खुसी मिल्दो रहेछ । बिचरा ती सरलाई के थाह मैले समिरको लागि जानिजानी हिसाब बिगारेकी थिएँ भनेर । उस्लाई प्रथम भएर खुसी भएको देख्नु थियो । त्यो खुसी देखेँ मलाई आनन्द छ। समिरलाइ पनि भनिन यो कुरा । उसलाई आफू कमजोर भएको महसुस नहोस भनेर सधै गोप्य नै राखेँ ।
परिक्षाको दिन अलि सन्चो थिएन बिग्रीयो सर भनेर टारेँ ।
पागल केटि, बस । राम्रोसँग पढ्नु अबदेखि । मेरो बारे कति चिन्ता छ सरलाई । मलाई भने आफ्नै चिन्ता छैन ।

एक साँझ खाना खाइसकेर सुत्ने तरखरमा थिएँ । 
हाइ बन्दना के गर्दैछौ ? उसको म्यासेज आयो ।
तिम्रो पर्खाइमा, मैले पनि म्यासेज पठाएँ।
साँच्चै ?
हो त
आउँ त ?
हिम्मत छ र ?
देखाइदिउँं ?
ल त हेरौँ ? हाँसेको इस्टिकर सहित पठाएँ।
आएँ भने के गर्छौ ?
तिमी जे गर्छौ । 
तिमी भाग्ने हौ कि ?
समाउने प्रयास गर ।
कहाँ ?
तिमिलाई जहाँ मन लाग्छ ।
ढोकामा ढकढक आवाज आयो । को हो मैले सानो स्वरमा सोधेँ ।
म समीर ढोका खोला छिटो ।
साँच्चिकै समिरै रहेछ । मैले  मजाग गरेकी थिएं तिमी त साँच्चै आएको ? अहिले बाले थाहा पाए भने मार्छन तिमी गैहाल ।
अब कहाँ जानु तिमिसंगै बस्नुछ । 
कति छिटो आएको त ?
तिमिसंग कुरा हुन थालेकै दुई घन्टा हुन थालेको छ। सुरु हुँदानै म हिँडेको हुँ आदि घन्टाको बाटो त हो । 
उ नजिकै आयो । डरले मेरो मुटु काप्न थाल्यो । बा आमाले थाह पाए भने । मार्छन । इज्जतनै जान्छ ।
ओइ यो रातिमा झन कति राम्री देखिएकी ।
तिमी पनि त राम्रो हेन्सी छौ।
उसको मुखबाट निस्किएको तातो सास मेरो नाकले स्पर्श गर्दा आदा होस गुमिसकेको थियो । उसको ओँठ र हातहरु मेरो शरीरभरी सलबलाउन थाले । पागल जस्तै भएको थियो उ । म पनि होस गुमाइसकेकी थिएँ, उसको स्पर्समा। कतिबेला बालक जस्तै बन्थ्यो । म पनि उसामु बालकै बनिदिएँ । बिहानको भाले नबास्दै समिरलाई बिस्ताराबाट उठाएर पठाएँ । उप्रती माया र सद्भाव झन गाढा हुँदै गयो । एस ई ई आयो परिक्षा दियौँ। दुबै जना पास भयौँ मेरो ८८, समीर ८३ । उ धनीमानी को छोरा इन्जिनियर पढ्न सहर जाने भयो । म गाउँकै उच्चमावि पढ्ने निदो गरेँ मेरो आर्थिक हैसियत थिएन सहर गएर राम्रो बिषय पढ्नलाई ।
गाउँ छोड्नको अघिल्लो रात मेरो काखमा लुटुपुटु पर्दै ठुलाठुला सपना देखायो। म छिट्टै फर्किएर आउनेछु । कुनै चिन्ता नगर्नु। १२ सकेपछि हामी बिहे गर्नुपर्छ र दुबैजना सहर गएर पढौंला संगै । उसको आश्वासनमा म लठ्ट थिएंँ।

दुइतिन ओटा पत्र मैले पठाएँ कुनै जबाफ आएन ।
लामो समयपछि यौटा पत्र आयो । समिरकै थियो बन्दना हामीबीच जे भयो बिर्सनु , अतीत बिर्सनु , मलाइ बिर्सनु । तिमिले के सोँच्यौ । के तिमी मेरो लायकको छौ । न हाम्रो हैसियत मिल्छ न त जात । तिमी भ्रम मुक्त हुनु ।

 उ सहर छिरेको लामो समयसम्म पत्र आएन । न त फोननै गर्यो मोबाइल नम्बर परिवर्तन गरेछ । दुइतिन ओटा पत्र मैले पठाएँ कुनै जबाफ आएन ।
लामो समयपछि यौटा पत्र आयो । समिरकै थियो बन्दना हामीबीच जे भयो बिर्सनु , अतीत बिर्सनु , मलाइ बिर्सनु । तिमिले के सोँच्यौ । के तिमी मेरो लायकको छौ । न हाम्रो हैसियत मिल्छ न त जात । तिमी भ्रम मुक्त हुनु । आजदेखि तिम्रो मेरो सम्बन्ध  छैन । यौटा कुरा तिमिलाई भन्न चाएँ । तिमी स्कुलमा सधै प्रथम हुन्थ्यौ म दोस्रो । यो कुरा मेरो बुवलाई फिटिक्कै मन परेको थिएन । म सधै गाली खान्थे प्रथम नहुंदा । त्यसपछी तिमिलाई तार्केट गराएँ तिमिसंग सम्बन्ध बढाउन पाए मेरो बुवाको सपना पूरा हुने आधार देखेँ । सम्बन्ध बढेपछि मेरो इच्छा पनि जाहेर गरेँ तिमिसामु । तिमिले जानिजानी परिक्षा बिगारेको मलाई राम्रोसँग थाह थियो । तिमी आफुले आफैलाई मुर्गा बनायौ। तिमिलाई धन्यवाद छ मेरो बुवा र मेरो सपना पूरा  गरिदिएकोमा । धेरै भन्न चाहिन म पनि यता कसैसंग सम्बन्धमा छु । तिमी पनि मन मिल्ने जोडि बनाउनु आज भ्यालेन्टाइन्ट डे तिमिलाई शुभकामना ।
म होसमा त छु, आफुले आफैलाई चिमोटें । होसमै रहेछु । कस्तो प्रेम गरेछु । कस्तो बदला हो यो । बाटो छेकेर उस्ले खाएको कसम सम्झिएं । हरेक दिन हुने फोन कल र म्यासेज सन्झिएँ अनि छट्पटाएँ  । मनमा जमेर रहेका पिडाहरु एकैपटक आँखाबाट ओर्लिएर छ्ताछुल्ल भए ।   

समाप्त । कमल डिभोर्स