२० बैशाख, २०८१ बिहिबार

04:14:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढ्यो

१ फागुन, २०७८

सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढ्यो

काठमाण्डौं

सुनको मूल्य बढ्ने क्रम जारी छ । फागुन महिनाको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेरको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावला सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार सुनको मूल्य ९४ हजार रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार सुनको मूल्य ९३ हजार पाँच सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय रुपैयाामा कारोबार भइरहेको छ ।