२५ बैशाख, २०८१ मंगलबार

06:04:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाली रेल गुड्यो, फागुनमा उद्घान, आजदेखी परिक्षण

Nepal Business

१ फागुन, २०७८

नेपाली रेल गुड्यो, फागुनमा उद्घान, आजदेखी परिक्षण

जनकपुरधाम ।

गत वर्ष २०७७ साल असौज २ गते खरिद गरेर धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ । भारतको जयनगर हुँदै जनकपुरधाम कुर्थासम्म गुड्ने रेल १५ महिना अगाडि खरिद गरेपनि विभिन्न कारणले सञ्चालनमा आउन सकेको थिएन । राजनीतिक इगोका कारण रेल सञ्चालन गर्ने संस्थाको नेतृत्व परिवर्तन हुँदा रेल समयमै सञ्चालन हुन नसकेको छ ।

यसैगरी प्राविधिक रुपमा नेपालमा रेल सञ्चालनका लागि दक्ष जनशक्ति नभएका कारण पनि केही समस्या भएको थियो । आजदेखी रेल गुड्ने भए पनि यात्रुलाई बोक्ने योजना नरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
केही दिन रेल खाली नै गुड्ने छ । लामोसमयसम्म सञ्चालनमा नआएकोले यसको प्राविधिक परिक्षण पछि मात्रै यात्रुका लागि खुल्ला गरिने जनाइएको छ ।  यात्रुलाई बोक्नुअघि रेल दुरुस्त अवस्थामा राख्नकै लागि परीक्षण स्वरुप रेल गुडाउन लागिएको हो । यसबाहेक अतिक्रमण गरिएका रेल मार्गहरू छाड्न, अनाधिकृत बाटो बन्द गर्न, हाट लगाउन बन्द गर्नका लागि चेतना जगाउन, कर्मचारीलाई अभ्यस्त बनाउने उद्देश्यले पनि रेल गुडाउन लागिएको बताइएको छ । 

रेल आगामी फागुनको दोस्रो साता विधिवत रुपमा उद्घाटन गर्ने तयारी भएको छ । यस सम्बन्धमा छलफल चलिरहेको र नेपाल तथा भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअल माध्यमले रेलको उद्घाटन गर्ने कार्यक्रम अन्तिम चरणमा पुगेको छ । रेल संचालनका लागि विभागले ५९ जना कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेको छ भने भारतबाट २६ जना कर्मचारीलाई बोलाइएको छ ।

यसमध्ये १२ जना आइपुगेको र संचालन भएपछि १२ जना आउने विभागले जनाएको छ । रेल संचालनका लागि तीन जना स्टेशन मास्टर, १० जना टिकट सेलर, २ जना टिटीलाई नियुक्त गरिएको छ । यसमध्ये टिकट सेलर अधिकांश महिला रहेका छन् ।