२० बैशाख, २०८१ बिहिबार

10:19:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भित्रियो नेपालमा ओमिक्रोन

Nepal Business

२० मंसिर, २०७८

दुई जनामा नयाँ भेरयिन्ट ओमिक्रोन भएको पुष्टि

भित्रियो नेपालमा ओमिक्रोन

हाल विश्वभर चर्चामा रहेको नयाँ भेरियन्ट ओकिक्रोन नेपालमा पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार पुष्टि गरेको छ । 
कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएका थियो । त्यहाँ नोभेम्बर १९ मा संकलन गरिएको नमूनामा नयाँ भेरियन्ट भेटिएको हो । पछि विश्व स्वास्थ्य संगठनले २३ नोभेम्बरमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको विश्व समुदायलाई जानकारी गराएको थियो । 
विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्नमा राखेको तर अहिले नेपालमा २ जनामा भेटिएको मन्त्रालयले पत्रकार संम्मेलन गरी जानकारी दिएको छ । 
मन्त्रालयका अनुसार ३ मंसिरमा नयाँ भेरियन्ट भेटिएको देशहुँदै विदेशी नागरिक नेपाल आएका थिए त्यस समय उनको पि.सि आर र दुवै खोप पुरा भएको थियो । पछि उनी र उनको सम्पर्कमा आएका व्यक्तिलाई  मंसिर ७ मा कोभिडसँग मिल्दाजुल्दा लक्ष्यण देखिया र परीक्षण गर्दा ओमिक्रोन पुष्टि भयो । 
नयाँ भेरयिन्ट ओमिक्रोन पुष्टि भएसँगै आमनागरिकमा पूूनः शतर्कता अपनाउन मन्त्रालयले अनुरोध गरेको छ । यसको प्रभाव फैलदै गएमा फेरी बन्दाबन्दी गर्नुपर्ने हुनसक्छ त्यसैले आफै शतर्क हुन मन्त्रालयले आह्वान गरेको हो ।