८ मंसिर, २०८१ शनिबार
04:37:05 PM
२९ माघ, २०७८
काठमाण्डौं
चार देशीय टी–२० सिरिजको दोस्रो खेलमा नेपालले युएईबाट १९३ रनको लक्ष्य पाएको छ । ओमानको मस्कटस्थित अल अमरेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको हो ।
युएईका ओपनर चिराग सुरीले ५३ बल खेल्दै ५ चौका र ५ छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ८४ रन लिनु भयो । यसरी रोहन मुस्ताफाले ४९, मुहम्मद वासिमले २२ र बसिल अमिदले १७ रन बनाउनु भयो। मोहम्मद बुटाले अविजित १४ रन बनाउन सफल हुनु भयो।
नेपालका लागि कप्तान सन्दीप लामिछाने, शाहब आलम र आरिफ शेखले समान एक विकेट लिनु भएको हो ।