८ मंसिर, २०८१ शनिबार
04:13:54 PM
२८ माघ, २०७८
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र उत्तर एटलान्टिक सन्धी संगठन, नेटोका प्रमुख जेन्स स्टोल्टबर्गका बीचमा बिहीबार भेटवार्ता भएको छ । हाल बेल्जियमको भ्रमणमा रहनुभएका बृटिश प्रधानमन्त्री जोनसन र नेटो प्रमुख जेन्सबीचमा बिहीबार ब्रसेल्समा छलफल भएको बताइएको छ ।
उहाँहरुको भेटका क्रममा खासगरी पछिल्लो समयमा रुस र युक्रेनमा देखिएको समस्याका बारेमा कुराकानी भएको बताइएको छ । भेटका क्रममा नेटोका प्रमुख जेन्सले रुसका कारण युक्रेनमा उत्पन्न हुन लागेको भनिएको अवस्था युरोपको सुरक्षाका लागि पनि चासोको विषय हो भन्नुभयो ।
उहाँहरुको भेटपछि आयोजित पत्रकार सम्मेलनमा नेटो प्रमुख जेन्सले भन्नुभएको छ कि रुसका कारणले हाल देखिएको अवस्था निकै नै खतरनाक रहेको छ । नेटोले अहिले पनि रुस–युक्रेन समस्याको समाधान वार्ताको माध्यमबाट नै खोज्नुपर्छ भनेको बताउनुभएको छ । उहाँले नेटोले यो समस्याको राजनीतिक समाधान आवश्यक रहेको बताएको पनि जानकारी सो अवसरमा दिनुभएको थियो ।
युक्रेनको सीमा क्षेत्रमा रुसले ठूलो संख्यामा रुसी सेना राखेको छ । रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको अमेरिकासहित पश्चिमा देशहरुको दाबी छ । तर रुसले भने यस आरोपको खण्डन गर्दै आएको छ । रासस÷सिन्ह्वा