२० बैशाख, २०८१ बिहिबार

06:12:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ओस्कर अर्वाडको नोमिनेशन सूची सार्वजनिक, नेटफ्लिक्सबाट १० चलचित्र

Nepal Business

२८ माघ, २०७८

ओस्कर अर्वाडको नोमिनेशन सूची सार्वजनिक, नेटफ्लिक्सबाट १० चलचित्र

सिने जगतमा अक्सर अर्वाडलाई सबैभन्दा ठूलो सम्मानका रुपमा हेरिन्छ । यसै सिलसिलामा सन् २०२२ का लागि ओस्कर अर्वाडको नोमिनेशन  सार्वजनिक भएको छ । सो सूचीमा अलग–अलग विधाका चलचित्र परेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार बेलफास्टलाई ७, ड्युनलाई १०, किङ रिर्चडलाई ५, डोन्ट लुक अपलाई ४, ड्राइभ माई कारलाई ४, लिकोराइज पिज्जालाई ३, द पावर अफ डग’ लाई १२ नोमिनेशनमा परेका छन् । ओस्कर अर्वाडको छनोटका लागि १७ मार्चबाट भोटिङ सुरु भएर २७ मार्चमा अवार्डको रिजल्ट आउने भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

अर्वाडका लागि नोमिनेशमा परेका चलचित्र नेटफ्लिक्सबाट ‘डोन्ट लुक अप, द हेड अफ गाड, द पावर अफ डग, थ्री संग्स अफ बेनाजिर, मिशेल भर्सेस द मशिन, आरडिबल, टिक–टिक बुम, द लस्ट डटर, लिड मी होम, रोबिन रोबिन गरी १०, डिज्ने हटस्टारबाट ६, प्राइम भिडियोबाट ६, भुडुबाट २, एचबीओ म्याक्सबाट २, एप्पल टीभी प्लसबाट ५ र हुलुबाट पनि ५ चलचित्र परेका छन् ।