२४ बैशाख, २०८१ सोमबार

01:46:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेनाद्धारा सुडानमा जनहितकारी कार्य

Nepal Business

१८ मंसिर, २०७८

सेनाद्धारा सुडानमा जनहितकारी कार्य

काठमाडौँ, १८ मंसिर । नेपाली सेनाको दक्षिय सुडानमा रहेको शान्ति मिसनको टोलीले त्यहाँ जनहितकारी कार्य गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उनीहरुले महिला तथा बालबालिकालाई लक्षित गरेर स्वास्थ्य सेवा सञ्चालन गरेको हो । सो क्रममा विद्यार्थीहरुलाई शैक्षिक सामग्री र कोरोना सुरक्षा सामग्रि वितरण गरिएको थियो ।

नेपाली शान्ति सैनिकहरुले द्वन्दग्रस्त मुलुकहरुको अति संवेदनशील ईलाकामा तैनाथ रही आफ्नो अपरेशनल
जिम्मेवारीको अलावा स्थानीय समुदायलाई लक्षित गरी संचालन गरेका विभिन्न मानवीय सहयोग तथा
सचेतनामूलक कार्य गरिरहेका छन् । यस्ता कर्यक्रमले स्थानीय निकाय तथा समुदाय र शान्ति सैनिकहरुबीच विश्वासको वातावरण श्रृजना भई आपसी सम्बन्ध थप प्रगाढ हुने नेपाली सेनाले जनाएको छ ।