२१ बैशाख, २०८१ शुक्रबार

09:55:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पहिलो दिन कति पर्यो बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन ?

२८ माघ, २०७८

पहिलो दिन कति पर्यो बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन ?

काठमाडौं
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । पहिलो दिन उक्त कम्पनीको आईपीओमा ४२ जना आवेदकले ६ लाख १९ हजार रूपैयाँ बराबरको ६ हजार १ सय ९० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा हाल कायम चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख रुपैयाँको १० प्रशितशत अर्थात १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गरेको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रमा आइपिओ निष्काशन गर्दा यस कम्पनीको वातावरणीय प्रभाव मूल्याक्न प्रतिवेदन बमोजिमको सिन्धुपाल्चोक जिल्लाको बाम्पोजनाबाट प्रभावित क्षेत्रमा कमशः जुगल गाउँपालिका वडा नं. २,३ र ४ साविकको गोल्चे गा.वि.स, गुम्बा गाविस र पाङताङ ग.वि.स का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ के भि प्रशारण लाइनबाट प्रभावित योगय कमशः जुगल गाउँपालिकाको वडा न. ५ र ७, बलेफी गाउँपालिकाको बडागातवा र सुनकोशी गाउँपालिकाको बडा नं. ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता शेयर निष्कासन गरेको छ ।

कम्पनिले निष्काशन गरेको उक्त आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । स्थानियले उक्त आईपीओमा छिटोमा फागुन १२ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले कुमारी बैक जलबिरे शाखा, एनसीसी बैंक बोडे शाखा, ग्लोबल आईएमई बैंक चौतारा शाखा, लक्ष्मी बैंक चौतारा शाखा र लक्ष्मी बैंक खाडिचौर शाखाबाट  कार्यालयबाट आवेदन दिन सक्नेछन्।