२३ बैशाख, २०८१ आइतबार

08:56:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बंगालको खाडीमा सामुद्रिक चक्रवात, बर्षा र हिमपात हुने

Nepal Business

१८ मंसिर, २०७८

सोमबारबाट खुल्ने

 बंगालको खाडीमा सामुद्रिक चक्रवात, बर्षा र हिमपात हुने


काठमाडौँ, १८ मंसिर । बंगालको खाडीको मध्य पश्चिम भुभागमा  शुक्रबार जवाद  नामको सामुन्द्रिक चक्रवात बनेको छ। सो चक्रवात आज विहान भारत ओडिसाको तटिय क्षेत्रमा आएको छ । तत्पश्चात उत्तर र उत्तर पुर्वतर्फ सर्ने देखिएको छ। 

सो चक्रवातका कारण नेपालमा खासै ठुलो प्रभाव पर्ने संभावना नरहेता पनि यसको अप्रत्यक्ष प्रभावले आज राती वाट प्रदेश नं १ , प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भुभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ भने सो प्रदेशका एकदुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सोमबार बाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भोली आइतबार बाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने संभावना देखिएको छ। सो पश्चिमी न्यून चापिय प्रणालिको प्रभावले आईतबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र सो प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भू(भागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। 
सोमबार सो प्रणाली ले देशभर प्रभाव पारी केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू(भागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।आईतबार राती र सोमबार दिउसो सो प्रणालीका कारण सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु)भागहरुका एक(दुई स्थानहरूमा भारी हिमपातको समेत संभावना रहेको छ।सो प्रणाली सोमवार राती बाट कमजोर बन्दै जाने संभावना रहेको छ।

यी मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसो वाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबट जोगिन आवश्यक सतर्कता अपनाउनु  अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले माथी उल्लिखित दुबै प्रणालीहरुलाई निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकता अनुसार विशेष बुलेटिन जारी गर्ने जनाएको छ । 

यस महाशाखाबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिनेछ । तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन समेत अनुरोध गरिएको छ ।