३ मंसिर, २०८१ सोमबार
12:42:30 AM
२७ माघ, २०७८
काठमाडौं
सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । बिहीबार अर्थमन्त्री जनार्दन शर्माले बजेटको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै बजेटको आकार घटेको बताउनुभएको हो । चालु आर्थिक वर्षमा १५ खर्ब ४६ अर्ब २८ करोड खर्च हुने शर्माले बताउनुभएको छ ।
यो रकम कुल विनियोजनको करिब ९४ दशमलव ७० प्रतिशत हो । सरकारले प्रतिस्थापन विधेयक मार्फत १६ अर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको थियो । चालु आर्थिक वर्ष तर्फ १० खर्ब ३५ अर्ब ४६ करोड रुपैयाँ, पूँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड रुपैयाँ र वित्तीय व्यवस्था तर्फ १ खर्ब ७० अर्ब ४९ करोड रुपैयाँ खर्च गर्ने सरकारको लक्ष्य रहेको छ ।