२५ बैशाख, २०८१ मंगलबार

05:51:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारसँग नेपाल सवारी प्रदुषण मापदण्ड युरो ६ लाई चरणवद्ध रुपमा लागु गर्न नाडाको माग

Nepal Business

२६ माघ, २०७८

सरकारसँग नेपाल सवारी प्रदुषण मापदण्ड युरो ६ लाई चरणवद्ध रुपमा लागु गर्न नाडाको  माग

काठमाण्डौं

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष धुव्र थापाले नेपाल सवारी प्रदुषण मापदण्ड युरो ६ प्रस्तावलाई चरणवद्ध रुपमा लागु गर्ने व्यवस्था गर्न सरकारसँग आग्रह गुर्नभएको छ । अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले वन तथा वातावरण मन्त्री राम सहायप्रसाद यादवँंग भेट गरी हालसम्म देशमा आवश्यक पूर्वाधारहरु लगायत दक्ष प्राविधिक जनशक्ती पनि तयार नभइ सकेकाले युरो ६ लागु गर्ने प्रस्तावलाई चरणबद्ध रुपमा लागु गर्न माग गरेको हो ।

बुधबार अध्यक्ष थापाले विज्ञप्तीमार्फत सरकारले ल्याउन लागेको युरो ६ लागु गर्ने प्रस्तावलाई स्वागत गरेको बताउनुभयो । विज्ञप्तीमा लेखिएको छ, ‘सरकारको सम्पूण सवारी तथा यातायातका साधनहरुमा युरो ६ लागु गर्ने प्रस्तावलाई नाडाले सकारात्मक रुपमा लिएको जनाउदै यसको समग्र पूर्वाधार तयारीका लागि चरणबद्ध रुपमा लागु गर्दे जानु पर्ने भएकोले अहिले त्यसका लागि देशमा आवश्यक पूर्वाधारहरु लगायत दक्ष प्राविधिक जनशक्ती पनि तयार नभइ सकेको सन्दर्भमा यसलाई चरणवद्ध रुपमा लागु गर्ने व्यवस्थाका लागि अनुरोध गरको नाडाले जनाएको छ ।’

यस्तै नाडाले नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीलाई चालुपुँजी कर्जा मार्गदर्शन २०७८ को मस्यौदाका सम्बन्धमा छलफल गर्दे पत्र समेत बुझाएको थियो ।
नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले बैकहरुबाट निजी सवारी साधनको ‘हाई प्रजेज लोन’  प्रवाह गर्ने प्रकियामा ‘लोन टु भ्यालु रेटियो’ बढाएर ८० प्रतिशत कायम गर्न अनुरोध गर्नुभएको छ । हाल ‘लोन टु भ्यालु रेटियो’को सीमा ५० प्रतिशत रहेको छ । 

यस्तै नेपाल राष्ट्र बैङ्कले जारी गरेको निर्देशिकामा सवारी साधनहरु आयातका लागि प्रतित पत्र ‘एलसी’  खोल्दा न्युनतम मार्जिनको सीमा १० प्रतिशतबाट बृद्धि गरेर ५० प्रतिशत पु¥याएको छ ।

उहाँका अनुसार यस्तो व्यवस्थाले सवारी साधनहरुको सहज आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै सवारी साधनहरुको मूल्य समेत बढन गई उपभोक्ताहरुलाई समेत असर पपर्छ । त्यसैले एलसी खोल्दा १० प्रतिशत नै मार्जिनको सीमा कायम गर्ने व्यवस्था मिलाउन उहाँले माग गर्नुभएको छ ।