५ जेठ, २०८१ शनिबार

10:48:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

७७ लाखभन्दा बढी घाटामा मध्यभोटेकोशी जलविद्युत

२६ माघ, २०७८

७७ लाखभन्दा बढी घाटामा मध्यभोटेकोशी जलविद्युत

काठमाडौं
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले ७७ लाभन्दा बढी खुद घाटा व्यहोरनु परेको  छ । हाल १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण भइरहेको अवस्थामा कम्पनी  २ करोड ७६ लाखभन्दा बढी सञ्चालन घाटामा रहेको छ ।

यो वर्ष कम्पनीको सञ्चालन घाटा बढेको छ भने खुद नोक्सानी रकममा कमी आएको छ । सञ्चालन घाटा बढेपनि कम्पनीको वित्तीय आम्दानी यस वर्ष ३५० दशमलव ५२ प्रतिशत बढी भएकाले खुद नोक्सानी रकम ६२ दशमलव १९ प्रतिशत कम भएको हो ।  
गत वर्ष  ४४ लाखभन्दा बढी वित्तीय आम्दानी गरेको कम्पनीले यस वर्ष रू १ करोड ९९ लाखभन्दा बढी यो आम्दानी गरेको हो ।

यसैगरी, यस वर्ष सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीको चुक्तापूँजी ६ अर्ब पुगेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको बचत कोष रकम  २८ करोड ५ लाखभन्दा बढी ऋणात्मक रहेको छ । कम्पनीको दीर्घकालिन कर्जा तथा दायित्व रकम गत वर्षभन्दा २४ दशमलव ७४ प्रतिशत वृद्धि भई  ६ अर्ब ५५ करोड ६६ लाख पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ९५ दशमलव ३२  रहेको छ ।