२० बैशाख, २०८१ बिहिबार

08:58:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनचाँदीको मूल्य बढ्यो

Nepal Business

२६ माघ, २०७८

सुनचाँदीको मूल्य बढ्यो

काठमाण्डौं

सुनको मूल्य बुधबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार एक सय रुपैयाा थियो ।

तेजबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयााले बढेर ९२ हजार नौ सय रुपैयाामा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९२ हजार छ सय रुपैयाँ थियो। 

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।