२७ बैशाख, २०८१ बिहिबार

02:29:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतबाट तेलको मूल्य घटेर आयो नेपाल सरकार नघटाउने अडानमा

Nepal Business

१७ मंसिर, २०७८

निगमलाई आएको पछिल्लो मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ ६२ पैसा र खाना पकाउने एलपी ग्याँस प्रतिसिलिन्डर ९२ रुपैया २० पैसाले बढेको छ ।

भारतबाट तेलको मूल्य घटेर आयो  नेपाल सरकार नघटाउने अडानमा

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थ र इन्धनको मुल्य घटाएर पठाएपनि निगमले भने नघटाउने  बताइरहेको छ । पछिल्लो तीन महिनामा निगम ठुलो नोक्सानीमा रहेकाले मुल्य समायोजन गर्न नसकिने निगम बताउँछ । 
बुधबार भारतीय आयल कपोरिसनले पेट्रोलियम पदार्थ र इन्धनको मूल्यसूची नेपाल आयल निगमलाई पठाएको थियो । निगमलाई आएको पछिल्लो मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ ६२ पैसा र खाना पकाउने एलपी ग्याँस प्रतिसिलिन्डर ९२ रुपैया २० पैसाले बढेको छ । 
आयल निगमले वार्षिक ४० अर्ब घाटा व्यहोरेको बताइरहेको छ । अघिल्लो बर्ष तीन अर्ब कमाएको निगमले गत चार महिनामा करिब १४ अर्ब नोक्सानी व्यहोर्नु परेको छ । यस कारण नेपाल आयल निगमले अन्तराष्ट्रिय बजारमा मुल्य घटेपनि नेपालमा नघटाउने भएको हो ।