५ जेठ, २०८१ शनिबार

09:44:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सौर्य उर्जा उत्पादन अध्ययनका लागि २३ अर्ब लगानी गर्दै लगानी बोर्ड

Nepal Business

२५ माघ, २०७८

डाबर नेपाललाई पनि क्षमता अभिवृद्धिका लागि करिब १० अर्ब

सौर्य उर्जा उत्पादन अध्ययनका लागि २३ अर्ब लगानी गर्दै लगानी बोर्ड

काठमाण्डौं 

लगाडनी बोर्डले सुदूरपश्चिम प्रदेश डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा अनुमानित १२५  मेगावाट तथा २२५ मेगावाट गरी जम्मा ३५० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि अनुमति  प्रदान गरेको छ । मंगलबार प्रधानमन्त्री  निवास बालुवाटारमा बोर्डको ४९ औँ बैठकले २३ अर्ब रुपैयाँको लागत लाग्र्ने परियोजना विकासकाका लागि सम्भाव्यता अध्ययनको लागि अनुमति प्रदान गर्ने निर्णय गरेको हो । 

यस्तै बैठकले डाबरलाई डाबर नेपाल प्रा.लि. उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधिकरणको लागि ९ अर्ब ६८ करोड ६३ लाख ४२ हजार १० रुपैयाँको लगानी स्वीकृत प्रदान गरेको छ । 
त्यसैगरी, बैठकले तल्लो अरुण जलविद्युत परियोजनाको निर्माण, स्वामित्वकरण, संचालन तथा हस्तान्तरण तरिकाबाट विकास गर्न छनौट भएको प्रस्तावक कम्पनीले पेश गरेको प्रारम्भिक प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको छ । साथै, बैठकले लगानी प्रवर्द्धनका सम्बन्धमा विभिन्न संघ–संस्थासँग समझदारीपत्र गर्न कार्यालयलाई अख्तियारी दिएको छ ।

यस्तै जेनेभास्थित ( वलर्ड एशोसिएशन अफ पीपीपी युनिट्स प्रोफेशनल्स् डब्लुएपीपीपी) संस्थाको सदस्यता ग्रहण गर्न समेत स्वीकृति प्रदान गरेको छ । बैठकले लगानी बोर्डको कार्यालयबाट तयार गरिएको नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रविधिको तुलनात्मक अध्ययन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने पनि निर्णय गरेको छ ।

उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुरले लगानीकर्ताहरुलाई आकर्षित गर्न आवश्यक नीतिगत तथा कानूनी सुधार गरी लगानी मैत्री वातावरण तयार गर्न सरकार प्रतिवद्ध रहेको विचार व्यक्त गर्नुभयो । साथै आर्थिक विकासका लागि लगानी बोर्डको कार्यालय तथा नेपाल सरकारका सम्बन्धित निकायले पूर्वाधार संरचनामा विविधिकरण गरी सम्भाव्यता अध्ययन सम्बन्धी कार्यहरुलाई तीव्र रुपमा अगाडि बढाउँदै परियोजना निर्माणमा जोड दिन निर्देशन समेत दिनुभएको थियो । 

बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देशन गरे बमोजिम परियोजना कार्यान्वयन, सहजीकरण तथा विकास एवं संस्थागत सुधारका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिनुभयो ।