५ जेठ, २०८१ शनिबार

01:02:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२९ दशमलव ५२ प्रतिशतले बढ्यो ङादी ग्रुप पावरको नाफा

२५ माघ, २०७८

२९ दशमलव ५२ प्रतिशतले बढ्यो ङादी ग्रुप पावरको नाफा

काठमाडौं
ङादी ग्रुप पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको समीक्षा अवधिमा कम्पनीले ३ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  गत वर्षको यही अवधिमा कम्पनीले २ करोड ८८ लाख रुपैयाँ नाफा कमाएकोे थियो। यो गत वर्षको यही अवधिको तुलनामा २९दशमलव ५२ प्रतिशतले बढी हो।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीबाट २८.६२ प्रतिशतले आम्दानी बढेको छ। गत वर्ष कम्पनीले विद्युत बिक्रीबाट ५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको थियो समीक्षा अवधिमा बढेर ७ करोड ५६ लाख रुपैयाँ पुगेको छ।
चुक्तापुँजी ७० करोड ६९ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ४ करोड ४७ लाख रुपैयाँ रहेको छ।

गत वर्ष यही अवधिमा रिटेन्ड अर्निङ ४ करोड २४ लाख रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिसेयर आम्दानी १०.५८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १०६.३३ रुपैयाँ रहेको छ।