५ जेठ, २०८१ शनिबार

01:02:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

युनाइटेड इदी मर्दीको नाफा बढ्यो

२५ माघ, २०७८

युनाइटेड इदी मर्दीको नाफा बढ्यो

काठमाडौं
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म युनाइटेड इदी मर्दी एन्ड आरबी लिमिटेडले ४ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण परिष्कृतले यस्तो देखाएको हो ।

विवरण अनुसार नाफा गत वर्षको यही अवधिको तुलनामा १५७०.२८ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म कम्पनीले २८ लाख ५७ हजार रुपैयाँमात्रै नाफा कमाएको थियो ।

यस अवधिसम्म कम्पनीको विद्युत बिक्रीको आम्दानीमा पनि ४७.५५ प्रतिशतले बढेर ११ करोड ८ लाख रुपैयाँ भएको छ । गत वर्ष यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ५१ लाख रुपैयाँमात्रै आम्दानी गरेको थियो ।

चुक्तापुँजी ४२ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ४ करोड ८५ लाख रुपैयाँ रहेको छ । गत वर्ष यस अवधिसम्म रिजर्भ ४ करोड २३ लाख रुपैयाँले ऋणात्मक थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ९ईपीएस० २२.७३ रुपैयाँ, पीई रेसियो २६.८४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १११.५७ रुपैयाँ रहेको छ ।