२० बैशाख, २०८१ बिहिबार

08:29:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक करोडको गुलाव बाड्छन् प्रेमि, प्रेमिका (भिडियो सहित)

२४ माघ, २०७८

एक करोडको गुलाव बाड्छन् प्रेमि, प्रेमिका (भिडियो सहित)

नेपाल विजनेश संवाददाता

काठमाण्डौं । 
प्रेम दिवस ‘भ्यालेन्टाइन डे’ को सप्ताह सुरु भइसकेको छ । आज (सोमबार) ‘रोज डे’ । आजको दिन विशेषगरी युवा पुस्ताले आफ्ना प्रियजनलाई गुलाबको फूल दिने चलन छ । 
यसरी ‘रोज डे’ का दिन आफ्ना प्रियजनलाई दिँदै आएको गुलाब फूल कँहाबाट आउँछ ? 

दिल्लीमा एउटा रोजको मूल्य ४० रुपैयाँसम्म पर्छ । यँहासम्म आइपुग्दा एउटा रोजमा १० रुपैयाँ थप हुन जान्छ । होलसेल मूल्य ५० रुपैयाँ हुन्छ । रिटेल ८० देखि १०० रुपैयाँ छ

नेपाल फ्लोरिकल्चर एसोशिएसन नेपालका अध्यक्ष मिनबहादुर तामाङका अनुसार भ्यालेन्टाइट डेका लागि आवश्यक पर्ने गुलाब स्टिम फूल ९० प्रतिशत भारतबाट आयात हुन्छ । 
उँहाले भन्नुभयो, ‘गत वर्ष १ लाख ८० हजार स्टीम गुलाब खपत भएको हाम्रो तथ्यांकले देखाउछ । यो वर्ष कोरोना संक्रमण पनि कम हुँदै गएकाले बजार सामान्य हुँदै गएको छ यस हिसाबले अलि बढि डिमाण्ड हुने उहाँको अनुमान छ । 
यो वर्ष करिब २ लाख ३० हजार स्टिम गुलाब खपत हुने उँहाले बताउनुभयो । त्यसमध्येमा आजदेखि (सोमबार) फेब्रुअरी ७ सम्म ९० प्रतिशत फूल छिमेकी राष्ट्र भारतबाट आयात हुने र १० प्रतिशत आन्तरिक उत्पादनले भ्याउने उँहाले बताउनुभयो । 
दिल्लीमा एउटा रोजको मूल्य ४० रुपैयाँसम्म पर्छ । यँहासम्म आइपुग्दा एउटा रोजमा १० रुपैयाँ थप हुन जान्छ । होलसेल मूल्य ५० रुपैयाँ हुन्छ । रिटेल ८० देखि १०० रुपैयाँ छ : उँहाले भन्नुभयो, सय रुपैयाँ पनि फूलको गुणस्तर हेरेर हुन्छ ।
‘भ्यालेन्टाइ’ सप्ताहामा करिब एक करोड रुपैयाँ बराबरको गुलाब स्टिम फूल आयात हुने उँहाले जानकारी दिनुभयो । २ वर्षको तथ्यांक हेर्दा आयात धेरै घटेको अवस्था थियो । कोरोना भाइरसका कारणले अघिल्लो आर्थिक वर्षको तथ्यांक हेर्दा अलि आयात बढेको उँहाले बताउनुभयो । उँहाका अनुसार लकडाउनभन्दा अगाडि २ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार थियो ।

सात दिनको मागमा १० प्रतिशत मात्र नेपालको उत्पादनले भ्याउँछ भने बाँकी ९० प्रतिशत भारतबाट आयात हुन्छ ।

तर कोभिड सुरु भएपछि १ अर्ब ६३ करोड रुपैयाँमा कारोबार झर्यो । त्यसमा ३८ करोड रुपैयाँ बराबरको आयात भएको उँहाले जानकारी दिनुभयो । बजार सामान्य हुँदै जाँदा व्यवसायीहरुले थप लगानी गरेपछि आयातमा कमि आउने उँहाको भनाई छ । यस्तै उँहाले यस वर्ष चिसोका कारण फूलको उत्पादन कम भएको जानकारी दिनुभयो । ‘माघ महिनाभरी एकदमै चिसो बढ्यो । जति तापक्रम फूललाई चाहिने हो त्यति भएन । जसका कारणले कम उत्पादन भयो ।

दोस्रो कारण भने कोरोना भाइरस हो’, उँहाले भन्नुभयो, ‘दुई वर्षअघि सरकारले कोरोना रोकथामका लागि लकडाउन गर्यो । सो समयमा पुष्प व्यवसायीहरु सरकारको प्राथमिकतामा परेन । जसका कारणले व्यवसायीहरुले घर र टनेलसम्म आवतजावत गर्न पाएनन् र हाम्रो बिरुवाले त्यतिबेला समयमा मल, पानी विषादी हाल्न पाएन । त्यो हिसाबले धेरै माउ बोट मरेर गयो । अधिकांश फार्म अहिले खाली नै छन् । माउ बोट मरेका कारणले पनि उत्पादनमा कमि आयो ।

तेस्रो कोरोना संक्रमण नेपालमा सुरु भएपछि व्यवसायीहरुले थप लगानी गर्न चाहेका छैनन् ।’थप लगानी नगरेकाले पनि उत्पादनमा कमि आएको उँहाले जानकारी दिनुभयो । ‘पुरानो बोटले उत्पादन कम दिन्छ । गुलाबले रोपेको ५ वर्षसम्म राम्रै उत्पादन दिन्छ । ५ वर्षपछि गुलाबको उत्पादनदर घट्दै–घट्दै जान्छ’, उँहाले भन्ुभयो, ‘त्यो हिसाबले उत्पादन एकदमै कम छ । सात दिनको मागमा १० प्रतिशत मात्र नेपालको उत्पादनले भ्याउँछ भने बाँकी ९० प्रतिशत भारतबाट आयात हुन्छ ।

तर समग्रमा भने नेपाल ९० प्रतिशत फूलमा आत्मनिर्भर रहेको उँहाले बताउनुभयो । हाम्रो वार्षिक कारोबारको तथ्यङ्क अनुसार हामी ९० प्रतिशत फूलमा आत्मनिर्भर छौँ । १० प्रतिशत मात्र बाहिरबाट आयात हुन्छ । पुस, माघ, फागुन महिनामा चिसोका कारणले कम फूल्छ’, उँहाले भन्नुभयो । 
यस्तै उँहाले सामान्य दिनमा नेपालमा ८ देखि १० हजार स्टिम गुलाब फूल खपत हुने बताउनुभयो ।