५ जेठ, २०८१ शनिबार

11:32:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साहस उर्जाले कमायो ३४ करोड ४२ लाखबढी नाफा

२४ माघ, २०७८

साहस उर्जाले कमायो ३४ करोड ४२ लाखबढी नाफा

काठमाडौं
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म साहस उर्जा लिमिटेडले ३४ करोड ४२ लाखभन्दा बढी खुद नाफा कमाएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले  २२ करोड ६० लाखभन्दा बढी खुद नाफा गरेको थियो । कम्पनीले गत वर्षभन्दा यो वर्ष ५२ दशमलव ३१ प्रतिशत बढी खुद नाफा गरेको हो । यो वर्ष कम्पनीको कुल आम्दानी ५१ दशमलव ९१ प्रतिशत बढी भएको छ ।

 गत वर्ष  २२ करोड ७७ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यो वर्ष ३४ करोड ५९ लाखभन्दा बढी यो आम्दानी गरेको हो । यसै वर्ष सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीको चुक्तापूँजी ३ अर्ब ५० करोड  रुपैयाँ पुगेको छ ।

कम्पनीको बचत कोष रकम गत वर्षभन्दा ६२वार्षिक प्रतिशेयर आम्दानी १९ दशमलव ६७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १५० दशमलव शून्य ७ रहेको छ । प्रतिशत बढेर  १ अर्ब ७४ करोड ६९ लाख पुगेको छ ।