२० बैशाख, २०८१ बिहिबार

05:22:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्यो

२४ माघ, २०७८

सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्यो

काठमाण्डौं

सुनको मूल्य साताको दोस्रो दिन सोमबार एक सय रुपैयााले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ थियो। 

तेजाबी सुनको मूल्य पनि तोलाको एक सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।