५ जेठ, २०८१ शनिबार

02:24:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुटवल पावर कम्पनीको नाफा १३ दशमलव १२ प्रतिशतले बढ्यो

२३ माघ, २०७८

बुटवल पावर कम्पनीको नाफा १३ दशमलव १२ प्रतिशतले बढ्यो

काठमाडौं
बुटवल पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १८ करोड १४ लाखभन्दा बढी खुद नाफा कमाएको छ । गत वर्षभन्दा यो वर्ष कम्पनीको खुद नाफा १३ दशमलव १२ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १३ करोड ८३ लाखभन्दा बढी यो नाफा कमाएको थियो ।

यो वर्ष सञ्चालनबाट आम्दानी रकम गत वर्षभन्दा १८ दशमलव ३६ प्रतिशत बढेको छ । गत वर्ष १६ करोड ३५ लाखभन्दा बढी सञ्चालन आम्दानी कमाएको कम्पनीले यो वर्ष १९ करोड ३६ लाखभन्दा बढी यो आम्दानी गरेको हो । विद्युत विक्रीबाट यो वर्ष कम्पनीले ८ दशमलव ४० प्रतिशत बढी ४२ करोड ३१ लाख आम्दानी गरेको छ ।

१० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर ३ अर्ब २४ करोड ६३ लाख २७ हजार पुगेको कम्पनीको जगेडा कोष रकम भने ७ दशमलव ०८ प्रतिशत कम ३ अर्ब ६४ करोड ९७ लाख कायम रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी  ५ दशमलव ५९ र प्रतिशेयर नेटवर्थ २१२ दशमलव ४३ रहेको छ ।