२० बैशाख, २०८१ बिहिबार

12:52:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतीय गायिका लता मंगलेशकरको निधन

२३ माघ, २०७८

भारतीय गायिका लता मंगलेशकरको निधन

काठमाडौं
भारतीय गायिका लता मंगलेशकरको निधन भएको छ । ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

कोरोना भाइरसका कारण २९ दिनअघि अस्पतालमा भर्ना हुनुभएको उहाँको पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो । तर, निमोनिया निको नहुँदा उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो । उहाँले ३६ भाषामा हजारौं गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उहाँले थुप्रै नेपाली गीतहरु पनि गाउनुभएको छ ।