२० बैशाख, २०८१ बिहिबार

07:26:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

Nepal Business

२० माघ, २०७८

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाण्डौं

सुनको मूल्य बिहीबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार दुई सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य ९२ हजार दुई सय कायम गरिएको छ भने चाँदीको मूल्यस्थिर रहि १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।