५ जेठ, २०८१ शनिबार

01:56:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आईपिओ जारी गर्दै बलेफी हाइड्रोपावर, क–कसले दिन पाउँछन् आवेदन ?

२० माघ, २०७८

आईपिओ जारी गर्दै बलेफी हाइड्रोपावर, क–कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गते, बिहीबारदेखि साधारण सेयर आईपीओ  निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुकालागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने लागेको हो ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा हाल कायम चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख रुपैयाँको १० प्रशितशत अर्थात १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रमा आइपिओ निष्काशन गर्दा यस कम्पनीको वातावरणीय प्रभाव मूल्याक्न प्रतिवेदन बमोजिमको सिन्धुपाल्चोक जिल्लाको बाम्पोजनाबाट प्रभावित क्षेत्रमा कमशः जुगल गाउँपालिका वडा नं। २,३ र ४ साविकको गोल्चे गाविस, गुम्बा गाविस र पाङताङ ग।वि।स का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ के भि प्रशारण लाइनबाट प्रभावित योगय कमशः जुगल गाउँपालिकाको वडा न। ५ र ७, बलेफी गाउँपालिकाको बडागातवा र सुनकोशी गाउँपालिकाको बडा नं। ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता शेयर निष्कासन गरिनेछ । साथै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि छुट्याइएको सम्पूर्ण सेयर बिक्री नभए बराबरको सेयर समेत समायोजन गरी सर्वसाधारण सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुमा समेत मा निष्काशन गरिनेछ ।

कम्पनिले निष्काशन गरेको उक्त आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । स्थानियले उक्त आईपीओमा छिटोमा फागुन १२ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले कुमारी बैक जलबिरे शाखा, एनसीसी बैंक बोडे शाखा, ग्लोबल आईएमई बैंक चौतारा शाखा, लक्ष्मी बैंक चौतारा शाखा र लक्ष्मी बैंक खाडिचौर शाखाबाट  कार्यालयबाट आवेदन दिन सक्नेछन्।