२६ बैशाख, २०८१ बुधबार

05:45:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिरो मोटोकर्पकको बाइक स्कुटरको बिक्री २१ प्रतिशतले घट्यो

Nepal Business

१९ माघ, २०७८

हिरो मोटोकर्पकको बाइक स्कुटरको बिक्री २१ प्रतिशतले घट्यो

एजेन्सी

हिरो मोटोकर्पले एक महिनामा करिव ४ लाख दुई पांग्रे सवारी बिक्री गरेको छ । भारतीय अटोमोबाइल निर्माता कम्पनी हिरो मोटोकर्पले सन् २०२२ को जनवरीभर ३ लाख ८० हजार ४ सय ७६ वटा बाइक तथा स्कुटर बिक्री गरेको हो ।

यो संख्या गत वर्षको सोही महिनाको तुलनमा २१.६९ प्रतिशतले कम हो । कम्पनीले सन् २०२१ को जनवरीमा ४ लाख ८५ हजार ९ सय ८९ वटा दुई पांग्रे बिक्री गरेको अटो हिन्दुस्तानले जनाएको छ ।

कोरोना महामारीको तेस्रो लहर, त्यसले निम्त्याएको लकडाउन र प्रतिबन्धहरूका कारण समग्र बिक्रीदरमा असर देखिएको हो । कम्पनीले गत महिनाको बिक्रीदर तथ्यांक सार्वजनिक गर्दै प्रतिबन्ध कै कारण सवारीको निर्यातमा पनि असर देखिएको हो ।  कम्पनीका अनुसार जनवरीमा कुल ३ लाख ५७ हजार ८ सय ४५ वटा बाइक बिक्री भयो भने २२ हजार ६ सय ३१ वटा स्कुटर बिक्री भएको थियो ।

तथ्यांक अनुसार भारतमा मात्रै कम्पनीले गत महिना ३ लाख ५८ हजार ६६० वटा दुई पांग्रे बिक्री ग¥यो। सन् २०२१ को जनवरीमा भने कम्पनीले भारतीय बजारमा मात्रै कुल ४ लाख ६७ हजार ७ सय ७६ वटा दुई पांग्रे बिक्री गरेको थियो ।

हिरो मोटोकर्पले आर्थिक वर्ष २०२१/२०२२ को हिसाबमा भने हालसम्म ४१ लाख ४५ हजार ७ सय ४२ वटा दुई पांग्रे बिक्री गरेको छ । जसमध्ये ३८ लाख ६३ हजार ५ सय ९० वटा बाइक रहेको छ  भने बाकीँ २ लाख ७२ हजार १ सय ५२ वटा स्कुटर रहेको छ ।