२० बैशाख, २०८१ बिहिबार

03:44:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर्कलो कोक्याउला’ : चेलीबेटी बेचबिखन विस्द्धको ससख्त गीत प्रहरीलाई हस्तान्तरण

Nepal Business

१७ माघ, २०७८

कर्कलो कोक्याउला’ : चेलीबेटी बेचबिखन विस्द्धको ससख्त गीत प्रहरीलाई हस्तान्तरण

१७ माघ । शुभ मिडिया होम प्रालिले तयार गरेको हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा चेलीबेटी बेचबिखन सम्बन्धी सचेतना जगाउने ‘कर्कलो कोक्याउला’ बोलको अडियोभिडियो सहितको गीत प्रहरी प्रधान कार्यालयलाई प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले हस्तान्तरण गर्नुभएको हो 

उक्त श्रव्य दृश्य सामग्री प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले हस्तान्तरण गर्नुभएको हो । समाजमा विभिन्न खालका परिवर्तित शैलीबाट चेलीबेटी बेचबिखनका घटनाक्रमहरू भइरहेको छ । 

गरिबी बेरोजगारी तथा अपेक्षाकृत जीवन व्यतीत गर्ने सपनाकै कारण चेलीबेटीहरू बेचिने कार्य हाम्रो देशमा लामो समयदेखि भइराखेको छ ।

यस सन्दर्भमा समाजमा सचेतना अभिवृद्धि गरी मानब बेचबिखनका घटनाहरू रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले यस श्रव्य दृश्य सामग्रीलाई प्रहरी कार्यालयहरुले आआफ्ना कार्यालय तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमहरूमा व्यापक रुपमा प्रचारप्रसार गर्न उक्त गीत प्राप्त गरेको हो ।