२३ बैशाख, २०८१ आइतबार

03:19:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य ओरालो लाग्दै, तोलामा ४ सय रुपैयाँले घट्यो

१६ माघ, २०७८

सुनको मूल्य ओरालो लाग्दै, तोलामा ४ सय रुपैयाँले घट्यो

काठमाण्डौं

सुनको मूल्य लगातार घटिरहेको छ । साताको पहिलो दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँले घटेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।