७ जेठ, २०८१ सोमबार

03:40:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गाउँघरमै बसेकी आमा र गाउँ छाडेका छोरा बुहारी

Nepal Business

१५ माघ, २०७८

नेपाल विजनेश आर्थिक गतिविधिमा केन्द्रीत रहेर समाचार प्रकासन गर्ने अनलाईन न्यूज पोर्टल हो । तर यही अर्थ र जीवनसंग जोडिएका केही कथा, कविता, साहित्यीक तथा साँगीतिक सामग्रीपनि जोड्दै जाने क्रममा लेखक कमल डिभोर्सको कथा हामीले यहाँ प्रस्तुत गरेका छौं ।

गाउँघरमै बसेकी आमा र गाउँ छाडेका छोरा बुहारी

सि रानिको छेवैमा रहेको निकै पुरानो मोडलको मोबाइलमा टिङटिङ घन्टी बज्छ । हलो हल्लो हेल्लो तीन पटकमा बल्ल स्पष्ट बोली पुग्छ उता । पुरानो मोबाइल त्येसैमा नेटवर्कको समस्या । दर्शन आमा म बिदेशबाट तपाइकै छोरो समीर हुँ चिन्नुभयो ।

भाग्यमानी हुनु शुख शान्ती मिलोस भनेको आटेको पुगोस चिरायु हुनु । छोराको आवाज नचिन्ने कुरै थिएननी आफ्नो आमाले । दंशैमा फोन गरेको छोराले झन्डै पाँंच महिनापछि फोन आउँदा ती आमाको मन खुशिले फुलेर आउँछ । धड्कन बढ्छ । हर्षका आँसु झर्छन । गला अबरुद्ध हुन्छ । तैपनी बोल्न छाड्दिनन । सोध्छिन खान खायौ बाबू आरम छौ नि । कस्तो छ तिमिलाई  खाली तिम्रै पिर लाउँछ । बुढेसकाल लाग्यो तिमिलाइ नदेखी यो परान जान्छकी झैं लाउँच कहिलेकाहीँ त ।

सधैको बिरामी आमालाई दबाइ खायौ कि नाइ भनेर सोधेन छोराले र पनि खुसी छन आमा । संगै सुतेका दमका रोगी बुढा बा लाई कस्तो छ भनेर सोध्दैन छोराले । र पनि खुसी छन आमा । किन कि छोरा आफ्नै थियो फाटेको गुन्युको ओछ्यान छातिको सिरानी बनाई पुरानो च्यादर ओढाएर हुर्काएको छोराले सम्झियोस कसरी । 

कहिले आउँछौ घर । निकै न्यास्रो लागेको छ देख्न मन लागेको छ । आमाको कुरा नसकिँदै छोराले कुरा काट्दै भन्छ । आमा यता ठिक छ । उता सहरमा कोरोना रोगले महामारी लिँदैछरे हजुरीकी बुहारी आउँदैछिन घर ।

घरवरपर सफा गर्नु राम्रो बनाउनु बुहारिलाई फोहोर मन पर्दैन । बिस्तारापनी सफा गर्नु । कपडा धोएर राख्नु । तपाइको नातिलाई सुताउन नयाँ कपडा ल्याउनु पुरानो गनाउने भए होलान चिलाएर रातभरि रुन्छ । यताउता फोहोर, होला हिलो कुच्ला, आगन र दलानमा पानी पर्ने खाल्डाखुल्डी पुर्नु । नातिले उस्को आमाको दूध खाँदैन । खान पनि दिन हुन्न बुहारिले ज्यान बिग्रीन्छ भन्छिन । किनेर भएपनी दूध खुवाउनुहोला । अँ साँच्चै सुन्नु त आमा तपाइको बुहारिले आटो ढिँडो खाँदिनन् बजारबाट चामल ल्याएर भएपनी भात खान दिनुहोला । सिंकी तिताउरा यस्ता तरकारी मन पराउँदिनन काउली, भिन्डी, सकेसम्म मासु खुवाउनुहोला । खरानिले भाँडा माझ्न नलगाउनुहोला ती कोमल हात फुट्छन भाँडा धुने साबुन ल्याएर दिनुहोला।

सहरमा ग्याँस बालेर कुकरमा खान बनाउँथिन गाउँमा धुँवाले कालो भएको कराइ र कसौंडी धुन जान्दिनन् । ट्वाइलेट कस्तो छ गन्ध आउने ट्वाइलेटमा नातिले दिशा गर्दैन अलि सफा गरिदिनुहोला । बुहारिलाई खेतवारी तिर जान नभन्नुहोला । धुलो धुँवाले उनको मेकअप बिग्रन्छ । भारी बोक्न सक्दिनन घाँस काट्न नलगाउनुहोला ।

रुखबाट लड्छिन भिरमा पल्टिन सक्छिन । ग्याँस चुलोमा भए खान पकाउँथिन आगो फुक्न जान्दिनन धुँवाले असर गर्छ । तपाइले बनाउनुहोला खान । केही गरि बुहारी नाति बिरामी भैहाले एम्बुलेन्स मगाएर तुरुन्तै अस्पताल लग्नुहोला लागेको खर्च म पछि पठाइदिउँला । अहिले ब्यालेन्स सकिन थाल्यो बुहारी आउँछिन र फेरि कल गर्छु आम । हुन्छ बाबू आफ्नो ख्याल राख्नु म रहुन्जेल तिम्रो श्रीमती र मेरो नातिलाई केही हुन्न दुख हुनेछैन ढुक्क हौ । दुई सासमा आफ्नो  कुरा भनेर फोन काटियो । ती बुढी आमाको हातबाट फोन भुँइमा खसेर दुई टुक्रा बन्छ ।

र पनि आमाको मन खिन्न हुँदैन छोरा आफ्नै हो बुहारी आफ्नै हो नाति आफ्नै हो चित्त बुझाउँछीन । सधैको बिरामी आमालाई दबाइ खायौ कि नाइ भनेर सोधेन छोराले र पनि खुसी छन आमा । संगै सुतेका दमका रोगी बुढा बा लाई कस्तो छ भनेर सोध्दैन छोराले । र पनि खुसी छन आमा । किन कि छोरा आफ्नै थियो फाटेको गुन्युको ओछ्यान छातिको सिरानी बनाई पुरानो च्यादर ओढाएर हुर्काएको छोराले सम्झियोस कसरी । सानोमा बिरामी हुँदा असुराको र रुद्रेलाको मन्टा पोलेर खरानीसंग खुवाएर ठिक बनाएको सम्झिएन छोराले ।

बुहारिको नाउँमा आदेश आउँदा भक्कानिनिन्छिन । सानो छँदा आमकै पछाडि लागेर मेलापात र घाँसको भारी बोक्न खोज्ने छोरो परदेश पुगेपछि सबै बिर्सिन्छ । आफ्नो नातीलाई भेट्न पाइने भयो भन्ने गदगदमा आमाले सबै दुख बिर्सेर कोल्टे फेर्छिन । निद्रा लाग्दैन । ल आज त दवाइ खानै बिर्सेछ । नातिलाई नदेखी त मरिदैन । यहि खुसिमा फेरि निदाउने प्रयास गर्छिन आमा । बाँकी अर्को भागमा 

कमल डिभोर्स