१९ मंसिर, २०८१ बुधबार
02:09:46 PM
१५ माघ, २०७८
अन्तराष्ट्रिय
विश्वमा चर्चित दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आफ्नो सञ्चालन मुनाफा सन् २०२१ को चौथो त्रैमासिकमा ५३.३ प्रतिशतले वृद्धि भएको बताएको छ । महामारीका बीचमा पनि भएको उच्च बिक्रीले कम्पनी अधिक मुनाफा आर्जन गर्न सफल भएको देखिएको छ ।
विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनीले सन् २०२१ को अक्टोबर–डिसेम्बर अवधिको लागि यसको सञ्चालन मुनाफा १३.८७ अर्ब वन (करिब ११ अर्ब ५५ करोड अमेरिकी डलर) पुगेको जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ७अर्ब ५० करोड अमेरिकी डलरले बढी हो ।
मेमोरी चिपको उच्च मूल्य र उपभोक्ताको तीव्र मागले गर्दा सन् २०२१ मा सामसङले सबैभन्दा बढी वार्षिक बिक्री २७९.६ ट्रिलियन खर्ब प्राप्त गरेको थियो । यो एक वर्ष पहिलेको भन्दा १८ प्रतिशतको वृद्धि भएको कम्पनीले तथ्यांकमा उल्लेख गरिएको छ ।
महामारीले विश्व अर्थतन्त्रमा समस्या ल्याएको भएपनि यसले प्राविधिक कम्पनीहरूको प्रगतिमा मद्दत गरेको छ । महामारीका कारण घरबाटै काम गर्ने क्रम बढेसँगै सामसङको चिप्सबाट सञ्चालित उपकरणहरुको मागमा पनि वृद्धि भएको हो। पछिल्लो समय टेलिभिजन तथा वासिङ मेसिनजस्ता घरेलु उपकरणहरुको पनि प्रयोगमा वृद्धि भएकोले यस कम्पनीको मुनाफा अधिक हुन पुगेको बताइएको छ ।