२३ बैशाख, २०८१ आइतबार

07:29:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चिसो बढेसँगै दैनिक ५० लाख भन्दाबढिको न्यानो कपडा र सिरक डसनाको बिक्री

Nepal Business

१४ माघ, २०७८

चिसो बढेसँगै दैनिक ५० लाख भन्दाबढिको न्यानो कपडा र सिरक डसनाको बिक्री

सुनसरी
सुनसरीमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण न्यानो लुगाको कारोबारमा वृद्धि भएको छ ।  सिरक, डसना, रुवा, ऊनीको सर्टको कपडा, कुर्ता सुरुवाल टोपी, ब्ल्याङ्केट लगायतका लुगाको कारोबारीमा वृद्धि भएको सुनसरी सदरमुकाम इनरुवा–१ का  व्यापारी शम्भु मेहताले बताउनुभयो । 

 
चिसोबाट जोगिनलाई न्यानो कपडा आवश्यक पर्ने भएकाले यसको कारोबार वृद्धि भएको हो । सदरमुकाम इनरुवामा मात्रै दैनिक ५० औं लाखको न्यानो कपडा बिक्री भइरहेको उद्योग वाणिज्य सङ्घ इनरुवाले जनाएको छ ।   करिब १ सय कपडा पसलमा सेवाग्राहीको दैनिक चाप बढ्दो क्रममा रहेको व्यपारीले जनाएका छन् । यसैगरी तयारी पोसाकमा ज्याकेट, स्वेटर, गलबन्दी, टोपी ट्र्याकसुट, टाउजर, जम्फर लगायतका बिक्री बढ्नाका साथै सिरक, डसना बनाउने क्रमसमेत बढेको जनाइएको छ । 

व्यवसायीका अनुसार जाडोमा घरभित्र सिरक डसनाको आवश्यकता बढी हुने भएकाले सिरक बनाउन आउने र कपास किन्नेहरुको समेत भीड बढेको छ । इनरुवामा सिरक डसना बनाउँदै आएका व्यपारीका अनुसार गत पुषको दोस्रो सातादेखि हालसम्म दैनिक तीनदेखि बढीमा १० वटासम्म बनाउने गरेको जनाइएको छ । चिसोका बेला सिरक र डसनाको माग बढेपछि व्यापारीले मूल्यसमेत वृद्धि गरेको स्थानीय उपभोक्ता मन्दीपकुमार साहले बताउनुभयो ।  रासस