७ जेठ, २०८१ सोमबार

06:59:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘नुनको भारी’ भिडियोको पोस्टर सार्वजनिक, भिडियो माघ २१ गते सार्वजनिक गरिने

१४ माघ, २०७८

‘नुनको भारी’ भिडियोको पोस्टर सार्वजनिक, भिडियो माघ २१ गते सार्वजनिक गरिने

काठमाण्डौं

‘रेलको बाटो’ गीत लेखेर चर्चा कमाएका लेखक लेखराज गिरीको ‘नुनको भारी’ भिडियोको पोस्टर सार्बजनिक गरिएको छ। उक्त गीतमा पनि दुर्गमको वास्तविकता चित्रण गरिएको सहज अनुमान गर्न सकिन्छ।

समिक्षा फिल्मको ब्यानरमा निर्माण भयको भिडियो बनाउन सात लाख रुपैयाँ खर्च भयको कम्पनीका अध्यक्ष अर्जुन डोटलले जानकारी दिनुभएको छ । बादल थापा मगरको लय र स्वर रहेको गीतको भिडियो यहि माघ २१ गते सार्बजनिक गरिने छ । भिडियोमा रेलको बाटो गीतकै कलाकार लक्ष्मण देबकोटा र सरस्वती खत्रीको साथै बसन्त उदास, रुपचन्द्र बुढा, प्रकाश पहाडी लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ।

बिनयराज पौडेलको निर्देशनमा १६ दिन लगाएर डोल्पामा छायांकन गरिएको उक्त भिडियो भिमसेन कल्याल ठकुरीले खिच्नुभएको हो । अनिस घर्तिले ड्रोन अपरेट गरेको भिडियोलाई पदम सुबेदिले सम्पादन गर्नुभएको हो भने रङ संयोजन मिलन विश्वकर्माले गर्नु भएको हो ।