२४ बैशाख, २०८१ सोमबार

01:20:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुक्रबार पनि सुनको मूल्य ९ सय रुपैयाँले घट्यो

१४ माघ, २०७८

शुक्रबार पनि सुनको मूल्य ९ सय रुपैयाँले घट्यो

काठमाण्डौं

सुनको मूल्य शुक्रबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य नौ सय रुपैयाँले घटेको छ । छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेर ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार पाँच सय रुपैयाँ कायम गरिएको थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा नौ सय रुपैयाँले घटेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको थियो । बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।