७ जेठ, २०८१ सोमबार

03:40:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विदेशिएका युवाको पीडा म्युजिक भिडियोमा

Nepal Business

१३ माघ, २०७८

विदेशिएका युवाको पीडा म्युजिक भिडियोमा

स्वदेशमा रोजगारीको अवसर नहुँदा विदेशिन बाध्य लाखौँ नेपाली युवाको पीडालाई समेटेर तयार पारिएको नयाँ म्युजिक भिडियो ‘तिम्रो याद आयो’ सार्वजनिक भएको छ ।  

म्युजिक भिडियोमा परदेशीको पीडा र मनोभावनालाई मार्मिक तरिकाबाट प्रस्तुत गरिएको छ 

म्युजिक भिडियोमा परदेशीको पीडा र मनोभावनालाई मार्मिक तरिकाबाट प्रस्तुत गरिएको छ । सविन सुवेदीको सुमधुर स्वरमा सजिएको गीत अमेरिकाको ओहायो निवासी गीतकार गोपाल लोहारले रचना गर्नुभएको हो ।

दीपक शर्माले सङ्गीतबद्ध गरेको यस गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गर्नुभएको छ । भिडियोमा  विजय बराल, प्रमिला खनाल र माया पौडेलको जीवन्त अभिनय देख्न सकिन्छ ।

श्याम तामाङले छायाङ्कन गरेको म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको हो । काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशनमा तयार पारिएको यस भिडियोको निर्मात्री भीमा लोहार हुनुहुन्छ । गोलो प्रोडक्शनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।