२३ बैशाख, २०८१ आइतबार

10:36:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य ९ सयले घट्यो

१३ माघ, २०७८

सुनको मूल्य ९ सयले घट्यो

काठमाण्डौं
सुनको मूल्य बिहीबार घटेको छ । सुनको मूल्य नौ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेर ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार चार सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा नौ सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार नौ सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।