१९ मंसिर, २०८१ बुधबार
02:29:20 PM
१० माघ, २०७८
चीन
चीनको ठूलो सवारीसाधन निर्माता ग्रेटवाल मोटरको नाफा सन् २०२१ मा २६ प्रतिशतले बढेको छ । कम्पनीका अनुसार १ अर्ब ६ करोड डलर नाफा कमाएको कम्पनीको सञ्चालन आम्दानी ३२ प्रतिशतले बढेर २१ अर्ब डलर पुगेको छ । यो कम्पनीले पिकअप र सेडान कारहरु उत्पादन गर्दछ ।
यसअघि यही महिनाको सुरुतिर कम्पनीले आफ्ना सवारीसाधनको शिपमेन्ट गत वर्ष १५.२ प्रतिशतले बढेर १२ लाख ८० वटा पुगेको बताएको थियो । त्यसमध्ये झण्डै ७ लाख ५० हजार २ सय २८ वटा हावल एसयूभी रहेका थिए । विद्युतीय गाडी ओरा सेडानको पनि अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी १ लाख ३४ हजार २८ वटाले शिपमेन्ट भएको छ ।
कम्पनीको भारत, रुस र थाइल्यान्डमा कारखाना रहेको छ । कम्पनीको व्यवसाय समेत ३.८ प्रतिशतले विस्तार भएर गत वर्ष २ करोड ६० लाख युनिट पुगेको चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सले जनाएको छ । एजेन्सी