४ बैशाख, २०८२ बिहिबार
01:31:53 PM
९ माघ, २०७८
वर्ड वाटरकलर डे हरेक वर्ष जनवरी २३ तारीखमा विश्वका विभिन्न देशमा एकै साथ मनाउने गरिन्छ
९ माघ । आज (आइतबार) अन्तर्राष्ट्रिय जलरङ (वल्र्ड वाटरकलर) दिवस । कलाकारले मुलुकभर जलरङलको माध्यामबाट क्यान्भास रङ्ग्याएर मनाएका छन् ।
अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको संयोजनमा मुलुकका विभिन्न प्रदेशहरुमा कला कार्यशाला नै आयोजना गरी दिवस बनाइएको समाजका अध्यक्ष एनवी गुरुङले जानकराी दिनुभयो । भर्चुअलका साथै भौतिक उपस्थितिमै पनि कला सिर्जना गरिएको थियो
अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको संयोजनमा मुलुकका विभिन्न प्रदेशहरुमा कला कार्यशाला नै आयोजना गरी दिवस बनाइएको समाजका अध्यक्ष एनवी गुरुङले जानकराी दिनुभयो ।
प्रदेशगत रुपमा समाजका प्रदेश संयोजकको नेतृत्वमा कार्यक्रम भएको थियो । भर्चुअलका साथै भौतिक उपस्थितिमै पनि कला सिर्जना गरिएको थियो । कार्यक्रममा जलरङका माध्ययममा काम गर्ने कलाकार र कला पारखीको उलेख्य सहभागीता रहयो ।
वेलुन र केक काटेर सुरुवात गरी मनाइएको उक्त कार्यक्रममा कला कार्यशालाको पनि आयोजना गरी कलाकारले विभिन्न विषयवस्तु र शैलीमा चित्र उतारे ।
पोखराका वरिष्ठ कलाकार हरेराम जोजुले अमुर्त शैलीमा चित्र रचना गर्नुभयो ।बुटवलका अग्रज कलाकार मन गोल्डीले स्थानिय गाउँले परिवेशलाई क्यानभाषमा सजाउनुभयो । पुर्वका युवा कलाकार लेख मगरले धरान वरपरका सुन्दर दृश्यलाई र कलाकार डिबी राईले काठमडौँको सागुरो गल्ली निर्माण गरेका थिए।
आजको कार्यशालामा नयाँ र पुराना कलाकारहको बाक्लो सहभागिता थियो । उक्त कार्यक्रमलाई प्रदेश १ वाट महेन्द्र राई, मधेश प्रदेशबाट मुकेश महतो, वाग्मती प्रदेशबाट प्रकाश थापा, लुम्विनी प्रदेशबाट सुमित्रा राना , गण्डकी प्रदेशबाट मनोज तामाङ र कर्णाली प्रदेशवाट उत्तम खड्काले संयोजन गर्नुभएको थियो ।
समाजका अध्यक्ष एनवी गुरुङले यस्ता कार्यक्रमले जलरङ विधामा कला सृजना गर्ने कलाकारको शिर उँचो पार्ने र उनिहरुलाई एकत्रित वनाईराख्ने धारणा व्यक्त गर्नुभयो । समाजका वरिष्ठ उपाध्यक्ष डिराम पाल्पालीले समाजले विविन्न गतिविधि निरन्तर गरिरहेकोमा खुसी ब्यक्त गर्नुभयो ।
वर्ड वाटरकलर डे हरेक वर्ष जनवरी २३ तारीखमा विश्वका विभिन्न देशमा एकै साथ मनाउने गरिन्छ। कार्यक्रममा निर्माण भएका कलाकृतिहरु चाँडै नै प्रदर्शनी गरिने आयोजकले जनाएको छ।