२४ बैशाख, २०८१ सोमबार

12:08:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चिसोबाट बच्न, खानपानमा पनि ध्यान दिउँ

Nepal Business

९ माघ, २०७८

काठमाण्डौ । 
देशभर अहिले चिसो बढिरहेको छ । मौसमविदका अनुसार यो अझै केही दिन यस्तै रहने छ । चिसो समयमा धेरैले तातो हुनका लागि आगो ताप्ने, धेरै कपडा लगाउने गरेको पाईन्छ । तर योसंगै हाम्रो खानपानमा ध्यान दिन नसक्दा धेरै समस्या आएको थाहै पाउँदैनौं । त्यसैले अरु कुरामा जस्तै खानपानमा पनि ध्यान दिन जनस्वास्थ्या विदहरुले सुझाएका छन् । 

खाद्यविज्ञ डा. अतुल उपाध्याय भन्नुहुन्छ ः नेपालको संस्कृति र परम्पराले पनि परिवर्तित मौसमलाई आत्मसात गर्न सिकएको छ।

खाद्यविज्ञ डा. अतुल उपाध्याय भन्नुहुन्छ ः नेपालको संस्कृति र परम्पराले पनि परिवर्तित मौसमलाई आत्मसात गर्न सिकएको छ। माघीमा घिउ, चाकु खाने संस्कृति राम्रो भएको उँहा बताउनुहुन्छ । सकिन्छ भने हरेक दिन तिलको लड्डु, चाकु, तरुल जस्ता खाद्य पदार्थ कुनै एक पटक सेवन गर्दा लाभदायक हुने उहाँको धारणा छ । 
चिसो मौसममा होशियारीपूर्वक जीवनशैली व्यवस्थापन गर्न सके धेरै रोगबाट बच्न सकिने चिकित्सकको भनाइ छ। मौसम र स्थान अनुसार खानपान गर्दा पनि जाडोबाट बच्न सकिने डा. उपाध्याय बताउनुहुन्छ । जाडोमा हाडजोर्नीको दुखाइ र पिडा बढी हुन सक्छ। यस्तो बेलामा उचित व्यवस्थापन हुन सके जाडो मौसममा रोगले आक्रमण गर्न सक्दैन्।

जाडो मौसममा रोग फैलाउने भाइरसबाट जोगिन अनावश्यक रूपमा मुखमा हात राख्नुहुँदैन। नाक र आँखा मिच्ने गर्दा पनि रोग सर्न सक्छ। दिनमा धेरैपटक साबुनपानीले हात धुनुपर्छ। जाडोमा दैनिक १२ गिलास पानी पिउन चिकित्सकको सल्लाह छ । स्वास्थ्य अवस्था हेरेर जुस, लस्सी, दूधजस्ता तरल पदार्थ पिउँदा पनि लाभदायक हुने चिकित्समक बताउँछन्।

चिसोमा ज्वरो र रुघा लाग्दैमा औषधि सेवन गर्न हुँदैन। सकभर बाफ लिएर घरेलु विधिबाटै रोग नियन्त्रण गर्न सकिन्छ। यसले रोग छिट्टै निको भए पनि शरीरलाई हानि गर्ने भएकाले सामान्य अवस्थामै औषधि खाने बानी नराम्रो रहेको जनस्वास्थ्या विदहरु बताउँछन् । चिसोबाट बच्न तेलको मालिस उत्तम उपाय हो। शरीरलाई गरम गराइराख्ने उपयुक्त प्रविधि भएकाले तिल, जैतुन र तोरीको तेलले शरीरमा मालिस गर्नुगर्छ। तेल लगाएर मसाज गर्नाले चिसो लाग्नबाट जोगाउनुका साथै शरीरलाई न्यानो पनि बनाइराख्ने चिकित्सक बताउँछन्। बिहानको घाममा तेल लगाई मालिस गर्दा स्वास्थलाई फाइदा पुग्छ। घाममा बस्दा जाडोबाट सुरक्षित हुनुका साथै भिटामिन डी पाइन्छ। जाडो याममा शरीर अल्छी हुने भएकाले घाम ताप्नाले शरीरमा स्फूर्ति आउँछ।
जाडो मौसममा ऊनीका बाक्ला ज्याकेट लगाउनु राम्रो हुन्छ। सवारीसाधनमा हिँड्दा अथवा गाडीमा यात्रा गर्दा शरीरमा हावा नपस्ने किसिमका लुगा लगाउनुपर्छ। यसले शरीरभित्र चिसो पस्नबाट जोगाउँछ।

चिसोबाट बच्ने उपाय

  • खानपान र रहनसहनमा विशेष ध्यान दिनुपर्ने
  • ताजा तथा झोल पदार्थ खाने, तातो कुरा खाने र शरीरमा तापक्रमको सन्तुलन कायम राख्ने
  • तुलसी, अदुवा, महको नियमित सेवन गर्ने
  • घाम ताप्ने, तेलले मालिस गर्ने
  • बाक्ला, उनीका लुगा लगाउने
  • छालालाई चिसोबाट जोगाउन कोल्ड क्रिमलगायत प्रयोग गर्ने