८ भदौ, २०८२ आइतबार

12:23:57 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इन्डोनेसिया र फिलिपिन्समा शक्तिशाली भूकम्प

Nepal Business

८ माघ, २०७८

इन्डोनेसिया र फिलिपिन्समा शक्तिशाली भूकम्प

विश्व
शनिबार दिउँसो इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको असरबारे विस्तृत विवरण आउँन बाँकी छ। भूकम्पले सम्भावित सुनामीको त्रास भने नदेखिएको मौसम विज्ञान र भूभौतिकी एजेन्सीले जनाएको छ।
 त्यसैगरी फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा  ६ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। २३.९९ किलोमिटर गहिराईमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६.६७४७ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ।
जकार्ता समय  बिहान ९ः२६ मा भूकम्प गएको थियो जसको केन्द्रबिन्दु तलाउड जिल्लाको मेलोन्गुआने सहरबाट ३९ किलोमिटर दक्षिणपूर्वमा र समुद्रको तल १२ किलोमिटर तल रहेको एजेन्सीले जनाएको छ। एजेन्सी