१९ मंसिर, २०८१ बुधबार

02:16:16 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग

Nepal Business

६ माघ, २०७८

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग

६ माघ । विभिन्न विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । 

अनेरास्ववियु, अखिल पाँचौँ, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन, राष्ट्रिय विद्यार्थी सङ्घ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, अखिल क्रान्तिकारी र राष्ट्रवादी विद्यार्थी सङ्गठनसहित सात विद्यार्थी सङ्गठनले आज विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् ।

नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा तीन रुपैयाँ र हवाई इन्धनमा पाँच रुपैयाँ वृद्धि गरेको छ । “समायोजन गर्ने बाहनामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घटदा नघटाइ आयल निगमले चुहावट नियन्त्रणमा पटक्कै ध्यान नदिने, घाटा हुँदा पनि आफ्ना कर्मचारीलाई बोनस र भत्ता वितरण गर्ने तथा कर्मचारीको मनोमानीलाई लुकाएर निगमलाई निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखि पटकपटक मुल्य वृद्धि गर्ने कदम प्रति विद्यार्थी सङ्गठनहरु खेद व्यक्त गर्न चाहन्छौँ” विज्ञप्तिमा उल्लेख छ ।  रासस