२४ बैशाख, २०८१ सोमबार

12:58:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो

६ माघ, २०७८

सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो

काठमाण्डौं

सुनको मूल्य बिहीबार एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार सात सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले बढेर ९३ हजार दुई सय रुपैयाँले कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको ९२ हजार दुई सय थियो । 

यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।