४ बैशाख, २०८२ बिहिबार
01:29:35 PM
४ माघ, २०७८
साउथ नायक धनुष र रजनीकांन्तकी छोरी ऐश्वर्या छुट्टीएका छन् । उनीहरु विहे गरेको १८ वर्षपछि अलग भएका हुन् । उनीहरुले सन् २००४ मा विहे गरेका थिए । उनीहरुका दुई छोरा छन् ।
उनीहरुलाई साउथ चलचित्र उद्योगमा आर्दश जोडीका रुपमा हेरिन्थयो । तर उनीहरुले सम्बन्ध विच्छेद गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
धनुषको को–एक्टरसँगको सम्बन्धका कुराहरुले उनीहरुको सम्बन्ध टुट्नुको कारण मानिन्छ । निर्देशन क्षेत्रमा करियर नबन्नुलाई पनि सम्बन्ध विच्छेदको कारण मानिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । ऐश्वर्या चलचित्र निर्देशक हुन् ।
धनुषको साउथ नायिका अमाला पाल, श्रृती हसन र तृष्णसँग सम्बन्ध रहेको खबर सञ्चारमाध्यममा आउने गरेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार सन् २०१९ देखि नै उनीहरुको सम्बन्ध चिसिदै गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
सन् २०२० मा धनुषसँग श्रृती हसनको नाम जोडिएको थियो । श्रृतीले धनुषसँग उनकी पत्नी ऐश्वर्याले निर्देशन गरेको चलचित्र तीनमा काम गरेकी थिइन् । अहिले उनीहरुको सम्बन्ध विछेदको चर्चा साउथ तथा बलिउड चलचित्र उद्योगमा भइरहेको छ ।