२५ बैशाख, २०८१ मंगलबार

05:18:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिरोका विद्युतीय स्कुटर नेपाली बजारमा, मूल्य २ लाख १० हजार रुपैयाँ देखि सुरु

४ माघ, २०७८

हिरोका विद्युतीय स्कुटर नेपाली बजारमा, मूल्य २ लाख १० हजार रुपैयाँ देखि सुरु

काठमाण्डौं

नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटी प्रालिले नेपालमा हिरो विद्युतीय स्कुटरको बिक्रीको सुरु गरेको छ ।  प्रारम्भ गरेको छ । भारतमा उत्पादित हिरो विद्युतीय स्कुटरको बिक्रि काठमाण्डौंस्थित टेकुमा रहेको हिरो इलेक्ट्रिक स्कुटरको शोरुममार्फत भइरहेको कम्पनीले जानकारी दिएको छ । 

नेपाली बजारमा एन वाई एक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको कम्पनीले जनाएको छ । एक पटक फुल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्ज दिने यी स्कुटरहरुले भारतमा अति नै राम्रो बजार लिएको र नेपालमा पनि सोही अनुरुपको बजार लिने अपेक्षा कम्पनीको छ । विद्युतीय स्कुटरको मूल्य २ लाख १० हजार रुपैयाँ देखि सुरु भएको कम्पनीले जानकारी दिएको छ । 

भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । नेपाली बजारमा हाल चार मोडल उपलब्ध रहेको र आगामी दिनमा अन्य मोडल समेत क्रमशः उपलब्ध गराउदै ल्याउने योजना रहेको कम्पनीले जानकारी दिएको छ । 

कम्पनीले नेपालभरका इच्छुक पक्षबाट डिलरशिपका लागि समेत आवेदन लिदैंछ । लक्ष्मी ई मोबिलिटी प्रालि नेपालमा लोकप्रिय रहेको लक्ष्मी ग्रुपको भगिनी संस्था हो । लक्ष्मी ग्रुपले नेपाली बजारमा हुन्डाई, बीएमडब्ल्यु र एसएमएल इसुजु लगायतका विभिन्न ब्रान्डको समेत कारोबार गर्दै आइरहेको छ ।