२४ बैशाख, २०८१ सोमबार

01:34:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य सामान्य रुपले बढ्यो, चाँदीको मूल्य स्थिर

४ माघ, २०७८

सुनको मूल्य सामान्य रुपले बढ्यो, चाँदीको मूल्य स्थिर

काठमाडौं

सुनको मूल्य मंगलबार सामान्य रुपमा उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्यस्थिर रहेको छ । चाँदीको मूल्य तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।