मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर वृद्धिलाई प्राथमिक
मन्त्री शर्माले भन्नुभयो, “सामाजिक उत्तरदायित्वका कार्यलाई प्राथमिकता दिन म विशेष आग्रह गर्न चाहन्छु, प्राधिकरणले उपलब्ध राज्यको स्रोतको सदुपयोग गरी सूचना प्रविधिमार्फत जनताको जीवनस्तर उठाउन ठोस पहलकदमी लिन आवश्यक छ ।” उहाँले प्राधिकरण नियामक संस्था भएकाले प्रभावकारी नियमनको व्यवस्था गर्न पनि आग्रह गर्नुभयो ।