२१ बैशाख, २०८१ शुक्रबार

02:25:16 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंक तथा वित्तीय क्षेत्र विरुद्ध आन्दोलन चर्किएपछि वित्तीय क्षेत्रका ४ संघ एक, अवाञ्छित घटना नियन्त्रण गर्न माग

Nepal Business

१८ फागुन, २०७९

कुनै पनि बिरोधको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई हुने अराजक घट्नालाई समयमैै नियन्त्रण गर्ने तर्फ राज्यको ध्यान गएको विश्वास लिएको उनीहरुले उल्लेख गरेका छन् ।

बैंक तथा वित्तीय क्षेत्र विरुद्ध आन्दोलन चर्किएपछि वित्तीय क्षेत्रका ४ संघ एक, अवाञ्छित घटना नियन्त्रण गर्न माग

बैंक, वित्तीय संस्था, तथा लघुवित्त विरुद्दको आन्दोलन चर्किएपछि यस सम्वद्द ४ वटै संघहरु एकजुट भएका छन् ।

पछिल्लो समय आन्दोलन चर्किएपछि आज नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आज संयुक्त छलफल समेत गरेक  छन् ।

छलफलपछि संयुक्त विज्ञप्ति जारी गर्दै ४ वटै संघहरुले पछिल्लो समय केही व्यक्तिहरुले बैंक÷वित्तीय तथा लघुवित्त संस्थाहरु विरुद्ध दिएको नकारात्मक टिप्पणी एवं आन्दोलनको घोषणा तथा कर्मचारीहरु हतोत्साही हुने गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरु र अराजक व्यवहार प्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । 