२२ बैशाख, २०८१ शनिबार

07:03:25 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुरक्षण मुद्रण केन्द्र : सञ्चारमन्त्री शर्माद्वारा अन्तःशुल्क स्टिकर छाप्न निर्देशन

Nepal Business

१९ फागुन, २०७९

मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले केन्द्रमा क्रमशः राहदानी, बैंक नोट, चालक अनुमति पत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टीकर, सिमकार्डलगायत सुरक्षित छपाइका लागि तयारी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तःशुल्क छपाइको माग भएको छ, ढिला भए चैत अन्तिम सातादेखि छाप्न सुरु गर्नेछौँ ।” केन्द्रको आवश्यकीय भौतिक निर्माणको काम भइरहेको छ ।

सुरक्षण मुद्रण केन्द्र : सञ्चारमन्त्री शर्माद्वारा अन्तःशुल्क स्टिकर छाप्न निर्देशन

पनौती नगरपालिका–५ मा निर्माणाधीन सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)मा आउँदो चैतबाट अन्तःशुल्क ‘स्टिकर’ छापिने भएको छ । त्यसका लागि आवश्यक सामग्री तथा जनशक्ति व्यवस्थापन भइरहेको केन्द्रले जनाएको छ । 

आज उक्त केन्द्रको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनुगमन निरीक्षण गर्दै आगामी चैतदेखि अन्तःशुल्क स्टिकर छाप्नसमेत निर्देशन दिनुभएको छ । केन्द्रका लागि आवश्यक भौतिक निर्माणको काम भइरहँदा मन्त्री शर्माद्वारा अनुगमनका क्रममा दुई वटा उच्च सुरक्षित डिजिटल मुद्रण मेसिन ९हाई सेक्युरिटी डिजिटल प्रिन्टिङ मेसिन० जडान भइसकेकाले केन्द्रका अधिकारीलाई चैतदेखि अन्तःशुल्क स्टिकर छाप्न निर्देशन दिनुभएको हो । 

“अब जनशक्तिलगायत व्यवस्थापन गरी चैतदेखि छपाइको काम सुरु गर्नुस्”, मन्त्री शर्माले निर्देशन दिनुभयो । उहाँले केन्द्रको मुख्य भवन तथा जडित मेसिन, हालै निर्माण भएको गोदाम घर, आन्तरिक पहुँचमार्गसँगै थप भवन निर्माणका लागि भइरहेको काम तथा इन्धन भण्डारण र विद्युतीय व्यवस्थापनको अनुगमन निरीक्षण गर्दै गुणस्तरीय निर्माणमा ध्यान दिनसमेत निर्देशन दिनुभएको हो । साथै उहाँले केन्द्रका लागि थप बजेट व्यवस्थापन गर्ने बताउनुभएको छ ।  

मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले केन्द्रमा क्रमशः राहदानी, बैंक नोट, चालक अनुमति पत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टीकर, सिमकार्डलगायत सुरक्षित छपाइका लागि तयारी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तःशुल्क छपाइको माग भएको छ, ढिला भए चैत अन्तिम सातादेखि छाप्न सुरु गर्नेछौँ ।” केन्द्रको आवश्यकीय भौतिक निर्माणको काम भइरहेको छ । 

एक वर्षअघि इजरायलबाट ल्याइएका दुई थान छपाइ मेसिनबाट वार्षिक ६० करोड अन्तःशुल्क स्टिकर छाप्न सकिन्छ । हाल आन्तरिक राजस्व विभागले ४३ करोड अन्तःशुल्क स्टिकर छाप्न प्रस्ताव आएको केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले बताउनुभयो । उहाँका अनुसार केन्द्रमा चैतदेखि छपाइ गर्न कागज, मसीलगायत आवश्यक सामग्रीको टेन्डर आह्वान गरिएको छ भने जनशक्ति व्यवस्थापनको प्रक्रियासमेत थालिएको छ । यसअघि नमुनाका रुपमा मात्रै अन्तःशुल्क ‘स्टिकर’ छापिएको थियो । 

परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवन अन्तिम चरणमा पुगेको छ । केन्द्रको मुख्य भवनको अग्रभाग पुनःसजावको काम तथा लिफ्ट निर्माणको काम भइरहेको छ । बहुउद्देश्यीय भवनको २०७८ चैत १५ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिलान्यास गर्नुभएको थियो । पचास मिटर लम्बाइ र २५ मिटर चौडाइ क्षेत्रफलमा निर्माण भएको उक्त भवनमा सुरक्षित छपाइका कागज, मसी तथा अन्य कच्चा पदार्थ लामो समयसम्म भण्डारण गर्न सकिने जनाइएको छ । 

भवनमा कच्चा पदार्थ र उत्पादित सुरक्षित मुद्रण भण्डारण गर्दा ‘पेपर स्रिन्क’ हुनबाट बच्ने र मसी सुकेर जाने समस्या रहने छैन । उक्त बहुउद्देश्यीय भवन भूकम्प प्रतिरोधी, आगोबाट असर नगर्ने ‘स्टिल ट्रस सिस्टम’ गुणस्तरमा निर्माण हुनेछ । साथै भवनमा सुरक्षित मुद्रणको उपकरण जडान गर्नसमेत सकिने जनाइएको छ ।