२४ बैशाख, २०८१ सोमबार

12:28:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रहेनन् सेयर बजारका बिग बुल राकेश झुनझुनवाला

२९ साउन, २०७९

रहेनन् सेयर बजारका बिग बुल राकेश झुनझुनवाला

काठमाडौं । भारतीय सेयर बजारमा ‘बिग बुल’ नामले परिचित राकेश झुनझुनवालाको निधन भएको छ। राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा निधन भएको हो । झुनझुनवाला गत साता मात्रै ‘आकासा’ एयरलाइन्सबाट उड्डयन क्षेत्रमा प्रवेश गर्नुभएको थियो ।

झुनझुनवालाको आइतबार बिहान उपचारको क्रममा अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । झुनझुनवालासँग ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको सम्पत्ति रहेको अनुमान गरिएको छ।

झुनझुनवाला सन् १९८५ मा ५ हजार रुपैयाँ लगानी गरेर सेयर बजारमा प्रवेश गर्नुभएको थियो । उहाँले सन् १९८६ मा पहिलो सेयर बजारबाट पहिलो पटक नाफा कमाउनुभएको थियो ।

उहाँले ५ हजार रुपैयाँको सेयर लगानी गरेर टाटा टिको सेयर प्रतिकित्ता ४३ रुपैयाँमा खरिद गरेर ३ महिनापछि १४३ भारतीय रुपैयाँमा बिक्री गर्नुभएको थियो । उहाँको पछिल्लो ९ वर्षमा नेटवर्थ ४ गुणाले बढेको थियो । उहाँको आकस्मिक निधनको खबरले भारतीय सेयर बजार स्तब्ध भएको छ।