१६ चैत, २०८० शुक्रबार

09:29:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जापानले नेपाललाई १६ अर्बभन्दा बढि ऋण र अनुदान दिने

Nepal Business

५ असोज, २०७९

जापानले नेपाललाई १६ अर्बभन्दा बढि ऋण र अनुदान दिने

काठमाण्डौं । नेपाल सरकारलाई जापानले १६ अर्ब भन्दा बढी ऋण तथा अनुदान सहायता दिने भएको छ ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा जापान सरकारले पूर्वी तराई क्षेत्रमा सिंचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापानी येन २२५.६० करोड (करिब २ अर्ब रुपैयाँ) अनुदान सहायता बराबरको सम्झौता भएको हो ।

सोही अवसरमा शहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि जापानी येन १५९.०१ करोड (करिब १४.२ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता उपयोग गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

अनुदान सहायता मुख्यतया पूर्वी तराई क्षेत्रमा भरपर्दो र निरन्तर सिंचाइ सुविधाका लागि चन्द्र नहर सिंचाइ प्रणालीको मर्मत सम्भार एवम् सुधारका लागि प्रयोग गरिने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

वार्षिक ०.०१ प्रतिशत व्याजदर, ३० वर्षको भुक्तानी अवधि र १० वर्षको ग्रेस अवधि रहेको सहुलियतपूर्ण ऋण काठमाडौं र पोखरा लगायतका सहरमा प्रसारण चुहावट घटाउन र वितरण प्रणालीको विश्वसनीयता बढाउनका लागि प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।