१३ बैशाख, २०८१ बिहिबार

01:36:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बागमती प्रदेश यातायात कार्यालयमा ४ः३० पछि पनि अनलाइन फाराम खुला

Nepal Business

२६ साउन, २०७९

बागमती प्रदेश यातायात कार्यालयमा ४ः३० पछि पनि अनलाइन फाराम खुला

बागमती,
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले सवारी चालक अनुमतिपत्रका लागि बायोमेट्रिक्सका लागि तोकिएको दिनको कोटा वृद्धि गर्दै ४ः३० बजेदेखि अनलाइन फाराम भर्नेसमेतको व्यवस्था मिलाइएको बताउनुभएको छ । 

उहाँका अनुसार मन्त्रालयले विहिबार सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।

सेवाग्राहीको चाप बढेपछि मन्त्रालयले गत असार २८ गते तोकिएको कोटामा एक हजार दुई सय १५ जना थप गरी शुक्रबारदेखि लागू हुनेगरी तीन हजार छ सय ७५ पु¥याएको मन्त्री दाहालले जानकारी दिनुभयो । 

उहाँका अनुसार विचौलियाले थप कोटामा मनपरी गर्न नसकुन् भनेर शुक्रबार ४ः३० बजेको समय नै तोकेर कोटा थप्ने स्पष्ट व्यवस्था मिलाइएको छ । 

यसअघि पालो कुरेर बसेका वा अनलाइन फाराम भर्न नसकेका १८ हजार दुई सय २५ जनाले १५ दिनभित्रै पालो पाउने गरी भोलि नै आवेदन दिनसक्ने व्यवस्था मिलाइएको मन्त्री दाहालको भनाइ छ ।